राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक टोलीले भूमी सुधार तथा मालपोत कार्यालय सप्तरी राजविराजका एक कर्मचारी घुस रकमसहित मंगलबार पक्राउ परेको छ ।
आयोगका टोलीले घुस रकमसहित मालपोतका मुद्धा फाँटका नायब सुब्बा कृष्णबल्लभ ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए ।
जग्गा सम्बन्धी मुद्धामा एक सेवाग्राहीसँग १३ हजार रुपियाँ घुस लिदै गर्दा ठाकुरलाई आयोगको अपरेशन टोलीले पक्राउ गरेको उनले बताए । पक्राउ परेको उनलाई आयोगकै टोलीले लगेको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले बताए ।




















