हृदयघातको कारण नेपाली श्रमिक प्रेम गुरुङको मृत्यु।

कुवेत := वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत एक जना नेपाली श्रमिकको अल्पआयुमै मृत्यु भएको छ ।

लामो समयदेखि कुवेतमा अल मिश्रिफ कार वास कम्पनीमा कार्यरत पोखराका प्रेम गुरुङको हृदयघातको कारण मृत्यु भएको कुवेत स्थित नेपाली दूतावासले जनाएको छ।
गुरुङ बसिरहेकै ठाउमा ढलेको र अस्पातल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जनाएको छ ।

मृतकको शवलाई पोस्ट्मार्टमको लागि अस्पातल लगिएको छ।उनी रक्तचाप ( ब्लडप्रेसर ) को बिरामी रहेका थिए । उनको शवलाई कानुनी प्रक्रिया पुरी गरी नेपाल पठाइने दूतावासले जनाए। मृतकको घरमा श्रीमती र एक छोरा रहेको जानकारी प्राप्त भएको छ।