यूएईको ट्रान्सगार्ड कम्पनी भन्छ, नेपाल सरकारले चार्टर्ड फ्लाइटको अनुमति नदिएर कामदार अलपत्र पर्यो।

युएई ( दुबई ):= कोरोना भाइरसको कारण कम्पनी बन्द भएपछि बिगत ४ महिनादेखि यूएईको अबुधाबीमा रहेको ट्रान्सगार्ड ग्रुप कम्पनीमा करिव २ हजार ५०० जना नेपाली कामदार दूतावासको लापरवाहीको कारण अलपत्र अवस्थामा रहेको छ।

शनिबार साझ कम्पनी प्रशासन बीच भएको छलफलमा कम्पनीको माथिल्लो निकाय आएको समयमा हामीले हामीलाई मात्र किन रोकेको, अन्य मुलुकको नागरिकहरु प्राय जसो सबै आफ्नो मुलुक फर्किसके अब हामी घर अहिले जान पाउछौ भनेर कम्पनी प्रशासनसंग गुनासो रहेको नाम नबताउने सर्थमा एक नेपाली कामदारले जानकारी गराउनुभयो।
हामीहरुलाई किन रोकेको नेपालको चार्टर्ड उडान भैरहेको छ, भनेर प्रस्न गर्दा हामीले नेपालको दूतावाससंग दैनिक सम्पर्क गरिहरेकोछौ, हरेक दिन जसो इमेल पनि गरिरहेका छौ इमेल हेरेर कुनै जवाफ दिदैन अब हामीले के गर्ने ? कम्पनी प्रशासनको भनाइ उदृत गर्दै उनीहरुले भने।

अर्को कुरा हामीले पनि जति सक्दो छिटो पठाउने कोसिस गरिरहेको छौ नेपाल र नेपाली दूतावासबाट कुनै पनि जानकारी र स्वीकृती नआएकोले हामी पनि समस्यामा परेकाछौ कम्पनी प्रशासन भन्यो । बिना कुनै जानकारी र बिना कुनै अनुमती पठाउने कुरै भएन नेपाली दूतावासबाट नै नेपालीहरु घर जान समस्या भएको हो । हामीले यति ठूलो सङ्ख्यामा काम बिहिन मानिसलाई खान बस्न दिएका छौ नेपाली दूतावास र नेपाल सरकारले कुनै वास्ता नगरेको कम्पनीको भनाइ रहेको छ।

यदि फ्लाइट चार्टर गरेर पठाउने कुरामा नेपाली दूतावासले अनुमति दिएको खण्डमा दुई हप्ता भित्र एनियोल लिभ, रिजाइन, टर्मिनेट र अन्य घर जान चाहने सबै नेपालीलाई नेपाल पठाउन कम्पनी तयार रहेको उनीहरुको भनाइ छ ।
हामीले प्रतेक क्याम्पबाट रोजगारी गुमाएका, रिजाइन दिएर बसेका तथा टर्मिनेट गरिएका नेपालीहरुको नामावली दूतावासमा बुझाएको र बिगत तीन महिनादेखि दूतावाससंग सम्पर्क गरि रोजगारी गुमाएका नेपालीहरुको बारे जानकारी गराए पनि नेपाली दूतावासले सुने पनि कानमा तेल हालेर बसीरहेको कम्पनीले जनाएको छ।

‘तपाईहरुलाई पठाउने कुरामा हामी कत्तिपनि चुकेका छैनौ दूतावासबाट अनुमति आउन साथ तुरुन्त पठाउछौ । हामीले नेपाल चार्टर पठाउन नमिल्ने हो भने पनि हामीलाई दैनिक रुपमा केही सिमित सिटहरु ४० देखि ५० जति सिटहरु उपलब्ध गाराइयोस सम्म भनेकाछौ कम्पनीको माथिलो निकायको एक अधिकारीले’ भने।

उनका अनुसार केहि समय अगाडी मात्र २० देखि २२ सिट उपलब्ध गराएकोमा धेरै पहिला देखि रिजान दिएर बसेका नेपाली नागरिक पठाएको छौ । हामी पनि सकेसम्म छिटै नेपाली नागरिकलाई स्वदेश पठाउन चाहन्छौ र पठाउछौ पनि तपाईहरु धैर्य गरेर बस्नुहोस् हामी नेपाल सरकार र नेपाली दूतावासको अनुमतिमा अड्किएको छौ । यता नेपाली दूतावाससंग यस बारे बुझ्न खोज्दा सम्पर्क हुन् सकेन । ट्रान्सगार्ड ग्रुप कम्पनी यूएईको सबै भन्दा ठूलो कम्पनी हो।source : purbeli news