मलेसियाबाट ३३२२ नेपाली स्वदेश फर्किए/जेलबाट ६९ जना र ३९ वटा शव स्वदेश पठाइयो।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर ( मलेसिया ):= कोरोना माहामारीका कारण जारी लकडाउनले अन्तर्राष्ट्रिय हवाईउडान बन्द रहेतापनि सरकारले ब्यवस्था गरेको चार्टर्ड उडानहरु विभिन्न मुलुकबाट उडान भरिरहेको छ।

वैदेशिक रोजगारीको क्रममा कम्पनीसंगको श्रम सम्झौता सकिएर , बिरामी परेर थल्ला परेको , भिसा सकिएर बसेका , गर्भवती महिला , जेल सजाय सकिएर घरफिर्ती केन्द्रमा रहेका , विभिन्न कारणबस मृत्युु भएका , अलपत्र परेका लगायत नेपाल सरकार र सम्बन्धित निकायको प्राथमिकतामा परेका नेपालीहरुलाई अन्य खाडी , युरोप मुलुकमा जस्तै मलेसियाबाट पनि ३ वटा एयरलाइन्स मार्फत चार्टर्ड उडानमा स्वदेश फर्कन मिल्ने ब्यवस्था गरेको छ।

नेपाली दूतावास र सम्बन्धित निकायको सहयोग,सहकार्यमा मलेसियाबाट अहिलेसम्म पहिलो चरणको चार्टर्ड विमान मार्फत २१ वटा उडानमा ३ हजार ३ सय २२ जना नेपाली स्वदेश फर्कन सफल भएको मलेसिया स्थित नेपाली दूतावासले एक सुचना सार्वजनिक गर्दै जनाएको छ।

जुन १८ तारिख २०२० देखि सुरु भएको नेपाल एयरलाइन्स , हिमालयन एयरलाइन्स र मालिन्डो एयरलाइन्सको चार्टर्ड उडानमा मलेसियाको नेपालीहरुसंगै सोही उडानबाट इन्डोनेसियामा फसेका २० जना , फिलिपिन्स बाट १०९ जना,त्यस्तै हङकङ , भियतनाम , ताइवान , सिंगापुर,स्पेनमा रहेको नेपालीहरु र आज आइतबार १२ तारिख भएको हिमालयन एयरलाइन्स मार्फत स्वदेश फर्केको १०८ जना गरेर अहिलेसम्म जम्मा ३ हजार ३ सय २२ जना स्वदेश फर्किसकेको दूतावासका द्धितिय सचीव महेश त्रिपाठीले बताउनुभयो।

[ मलेसिया स्थित नेपाली दूतावासले सार्वजनिक गरेको जुलाई १९ तारिख हुने चार्टर्ड उडानको तालिका ]

त्यस्तै मलेसियाको विभिन्न स्थानमा रहेका जेल , घर फिर्ती केन्द्र ( डिटेन्सन क्याम्प ) मा रहेका तर टिकटको अभाव बिना स्वदेश फर्कन नपाएका नेपालीहरुलाई दूतावासलेनै सम्बन्धित परिवारसंग,संघसंस्था संग समन्वय,सहकार्य गरेर र कतिपयको लागी दूतावास आफैंलेनै टिकट उपलब्ध गराएर सोही चार्टर्ड विमानमार्फत ६९ जनाको र विभिन्न कारणबस मृत्यु भएका ३९ जना नेपालीहरुको शवहरु पनि स्वदेश फर्काइएको द्धितिय सचीव त्रिपाठीले भन्नुभयो।