[ आरएन चौधरी थारु ]
क्वालालम्पुर ( मलेसिया ):= भारतीय मिडिया जी न्यूज , आजतक , एबिपी न्युज लगायतको टेलिभिजन ले प्रशारण गरेको प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग सम्बन्धित सामाग्री प्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघका सचीव मिलन लिम्बूद्वारा जारी एक प्रेस बिज्ञप्तिमा लेखिएको छ, “सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालको अस्तित्व र आत्मसम्मानमा गम्भीर आघात पुर्याउने अभिप्रायले भारतीय सञ्चार माध्यमबाट भ्रामक सामग्री प्रसारण भएको र हुँदै आएको ठहर गर्दै फोनिजले उक्त कार्यको भतसर्ना गरेको हो ।

नेपाललाई जोडेर भारतीय सञ्चारमाध्यमबाट हुँदैआएको गलत प्रचार निन्दनीय र आपत्तिजनक छ , पछिल्लो पटक ओली र नेपालका लागी चिनियाँ राजदुतसंग सम्बन्धित आक्षेपपुर्ण समाचार प्रसारण हुनु त्यसैको निरन्तरता हो,जुन प्रेसको विश्वब्यापी मान्यता विपरित रहेकोछ।
दुई देशबीच कुटनैतिक तहबाट समाधान खोजिनुपर्ने धेरै बिषय छ्न। तर , भारतीय सञ्चार माध्यमबाट हुँदैआएको यस्ता गतिविधिलाई दुई देशको सम्बन्धमा सकारात्मक सञ्चार प्रभाव हुनै सक्दैन । त्यसैले यस्ता निन्दनीय गतिविधिको कुटनैतिक माध्यमबाट खण्डन गर्न फोनिज नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ्। जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ।




















