[ आरएन चौधरी थारु ]
क्वालालम्पुर ( मलेसिया ):= मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले कोरोना भाइरस(कोभिड-19)बाट संक्रमित मलेसियामा कार्यरत नेपालीहरु निको भएकोमा मलेसिया सरकारप्रति कृतज्ञता जाहेर गर्दै धन्यवाद ज्ञापन गरेका छ्न।
मलेसियाको स्थानीय सञ्चारमाध्यम बेरनामा संगको कुराकानीको क्रममा बोल्दै भने , ” मलेसियामा लगभग ८२ जना नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण फेला परेको थियो र संक्रमित ति नेपालीहरु मलेसियाको विभिन्न अस्पतालमा उपचाररत रहेका थिए, जसमध्ये उपचाररत सबैजसो नेपाली कामदार स्वस्थ्य भएर आ-आफ्नो काममा फर्कन सफल भएको छ , यसको क्रेडिट मलेसिया सरकारलाई नै जान्छ , हामी एकदमै सन्तुष्ट छौँ यहाँको सरकारको कामप्रति र म विशेष धन्यवाद दिन चाहन्छु सरकारलाई किनभने नेपाली कामदारको स्वास्थ्यलाई ख्याल गर्दै उपचारमा सघाएर कोरोनाबाट मुक्त हुन , निको हुन धेरै मदत गर्नुभयो , राजदूत पाण्डेले भने।”

राजदूत पाण्डेले थप बोल्दै भने ” कोरोनाको कारण कैयौं हजार नेपालीले रोजगारी गुमाएका छ्न, रोजगारी गुमाएका र श्रम सम्झौता सकिएर स्वदेश फर्कनको लागी लगभग १० हजार नेपालीले आवेदन दिएका छ्न जसमध्ये नेपाल सरकारको चार्टर्ड विमानमार्फत अहिलेसम्म ३ हजार नेपाली स्वदेश फर्किसकेको बताए। यदि मलेसिया सरकार र अध्यागमन बिभागले स्वदेश फर्कन आवश्यक पर्ने कानुनी कागजातको प्रक्रिया द्रुत गतिमा पूरा गरे अझै थप नेपालीलाई छिटोछरितो स्वदेश फर्काउन सजिलो हुन्थ्यो भन्ने धारणा पाण्डेले व्यक्त गरे।
कोरोना माहामारीको बेला दूतावासमा मलेसियाली सरकारले नेपालीहरु संग दुव्र्यवहार गरेको सम्बन्धि कुनै उजुरी अथवा रिपोर्ट आएको छ कि छैन? भन्ने बेरनामाको प्रश्नमा, राजदूत पाण्डेले भने , त्यस्तो किसिमको कुनै रिपोर्ट , उजुरी आएको छैन, नराम्रो ब्यवहार गरेको छैन, सबैसंग राम्रै ब्यवहार गरेको बताए। मलेसियामा अहिले अन्दाजी ४ लाख २५ हजार भन्दा बढि नेपाली कामदार उत्पादन मुलक (म्यानुफ्याक्चरिङ) कम्पनी र सुरक्षागार्डको क्षेत्रमा कार्यरत रहेको छ।




















