स्वदेश फर्कन नपाएर ५ जना नेपाली अलपत्र/उद्धारको लागी दूतावास र NRNA लाई गुहारे।

[तिलोचन गौतम/आरएन चौधरी थारु]


क्वालालम्पुर ( मलेसिया ):= मलेसियाको पेनाङ राज्यमा अवस्थित ( Akoma cable and metal SDN.BHD ) कम्पनीमा काम गर्दै आएका ५ जना नेपाली कामदार अलपत्र परेका छ्न।

स्वदेश फर्कने तयारीमा रहेका कामदार कोरोना भाइरसको माहामारीको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा स्वदेश फर्किन नपाएका ऊनीहरुले किनेको एयरलाइन्सको टिकट क्यान्सिल भयो । अहिले कम्पनीमा काम गर्ने ५ जना नेपाली कामदार बिगत ४ महिनादेखि अलपत्र अवस्थामा स्वदेश फर्किने आसामा बसिरहेको छ।

गर्नका लागि काम पनि छैन , खानको लागी पैसा पनि छैन साथमा पासपोर्ट छ्न तर भिसा छैन । बिगत ४ महिनादेखि दूतावास र मलेसियामा रहेका नेपाली संघसंस्थाकै सहयोगमा खाद्यान्न सहयोग मागेर जिविकोपार्जन गर्दै आइरहेका थियौं अब कहिलेसम्म यसरी मागेर काम चलाउनु ? कहिलेसम्म यतै अलपत्र बस्नु ? कम्पनी सधैंको लागी बन्द भएर रोजगारदाता कम्पनीको मालिक पनि सम्पर्क बिहिन छ। यतै मलेसियामै मरिनेपो हो कि ! भन्ने भय मनभरी लिएर उद्वारको पहल गर्दै अफ्ठ्यारोमा परेका श्रमजीवी कामदारहरुको उद्वार गरिरहेको खानाको बन्दोबस्त, उपचार खर्च अभावमा रहेका तथा बेवारिसे अवस्थामा रहेका नेपाली कामदार लाइ हवाई टिकटको ब्यबस्था समेत गरेर सहयोग गरिरहेको सुनेपछी हामी ५ जनाले पनि गैरआवाशिय नेपाली संघ ( एनआरएनए ) मलेसिया समक्ष उद्वारको पहल गरिदिनुहुन र स्वदेश फर्कनको लागी आवश्यक पर्ने टिकट लगायतको ब्यवस्था गरिदिनुहुन झिनो आसा लिएर एनआरएनए र दूतावास समक्ष पत्र पेश गरेका छौँ, अलपत्र ५ जना मध्यकै कैलाली जोसिपुर गाउँपालिका ४ निवासी हिरा सिंह चौधरीले बताउनुभयो ।

[ उद्दारको गरिदिनुहुन विनम्र अनुरोध सहित मलेसिया स्थित नेपाली दूतावास र एनआरएनएलाई लेखेको पत्र ]

कम्पनी ले स्वदेश फिर्ता गर्न पाचैँ जना कामदार लाई अप्रिल १ तारिखको मालिण्डो एयरलाइन्सको टिकट दिएको थियो । तर केयलआइए विमानस्थल २ पटक पुगेर फर्किनुपरेको तितो यथार्थ सुनाउदै अहिले आफुहरु नेपाली दुतावासका जनसम्पर्क अधिकृत टेक बहादुर बुढाले हाम्रो कम्पनीको एजेन्ट सङ कुरा गरि सकेको आवश्यक सहयोग गर्ने प्रतिबद्धता दिएपछि राजधानी क्वालालम्पुर आएको र दूतावासले एजेन्ट सङ्ग कुरा गरि ३ वटा हवाई टिकट उपलब्ध गराइसकेका छ्न भने बाकी २ जनाको लागी हवाई टिकटको बन्दोबस्त गर्न संघसस्था तथा दूतावास ले सहयोग गर्लाकि भन्ने आसामा रहेको पीडित चौधरीले बताउनुभयो।