काठमाडौं := विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरु आजतक, जी न्युज, एबीपी न्युज लगायतको भारतीय न्युज च्यानलहरूको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन्।
वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताएकाछ्न। भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको शर्माले बताए।
लिम्पियाधुरा,कालापानी,लिपुलेख क्षेत्र समेटेर नेपालले नयाँ नक्सा जारी गर्ने भएपछि भारतीय मिडिया नेपालवि’रूद्ध खनिन थालेका हुन्। पछिल्लो समय उनीहरू प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध तल्लोस्तरको व्यक्तिगत आक्षेपमा उत्रिएका छन्। सुरूदेखि नै नेपालले कालापानी क्षेत्रको मुद्दा आफैंले नभई चीनको उक्साहटमा उठाएको न्यारेटिभ सेट गर्न लागि परेका भारतीय मिडिया पछिल्लो समय काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीको सक्रियतालाई आपत्तीजनक तरिकाले चित्रण गरिरहेका छन्।
टाइम्स अफ इन्डियाजस्तो पत्रिकाले समेत प्रधानमन्त्री ओलीको आपत्तीजनक स्केच बनाएर समाचार छापेको छ। जी न्युजको बिहार झारखण्ड टेलिभिजनले त प्रधानमन्त्री ओलीलाई चिनियाँ राजदूत यान्छीले हनी ट्रयापमा पारेको भिडिओ सामग्री बनाएर प्रसारण गरेको छ।
भारतीय मिडियाका अ’तिरञ्जित, आधारहीन र व्यक्तिगत मानमर्दन हुने सामग्रीको नेपालमा चर्को वि’रोध भइरहेको छ। प्रधानमन्त्री ओलीको सचिवालय, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी, प्रतिपक्षी दल, नेपाल पत्रकार महासंघ र आम नेपाली नागरिकले भारतीय मिडियाको हर्कतको वि’रोध गरेका छन्।



















