आईएमईबाट ६ लाख रुपैयाँ चोरी

कैलाली ।कैलालीको गोदावरी नगरपालिकाको अत्तरिया बजारस्थित महेन्द्रनगर रोडमा रहेको आईएमईमा चोरी भएको छ । बिहिवार बिहान करिब २ बजेतिर चोरी भएको प्रहरीले जनाएको छ । 

आईएमई काउन्टरबाट झण्डै ६ लाख बढि नगद चोरी भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले चोरीमा संगलग्न ब्यक्तीको सिसीटिभी फुटेज भने फेला पारेको छ । फुटेजमा उनी काउन्टरमा सामान खोलिरहेका देखिन्छन् । आईएमई अत्तरिया शाखाका संचालक तनुज जोशीले पसलको पछाडीबाट ढोका फोडेर चोरी भएको बताउनुभयो । उहाँले काउन्टरबाट नगद ६ लाख र थप डेढ लाख जतीको रिचार्ज चोरी भएको बताउनुभयो । 

चोरीमा संगलग्न ब्यक्तिको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले बताउनुभयो । सिसिटिभी फुटेजको आधारमा अभियुक्तको खोजी भैरहेको उहाँले जानकारी दिनुभयो ।