यातायात व्यवसायीबाट भाडादरको विवरण माग

काठमाडौं । यातायात व्यवसायीहरुले विदेशबाट उद्दार गरी ल्याइएका व्यक्तिहरुलाई सवारी भाडादरमा ठगी गरिएको भन्दै भाडादरको विवरण उपलब्ध गराउन माग गरेका छन् ।आइतबार यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेट गरी व्यवसायीहरुले होल्डिङ सेन्टरबाट प्रदेश र स्थानीय तहसम्म पु¥याउँदा महँगो भाडादर लगाइएको भन्दै त्यसको संरचना उपलब्ध गराउन माग गरेका हुन् । उनीहरुले कोरोना क्राइसिस मेनेजमेन्ट सेन्टर सीसीएमसीले होल्डिङ सेन्टरबाट यातायात व्यवस्था विभाग मार्फत विभिन्न ठाउँमा पु¥याउने कार्यको व्यवस्थापन गर्ने भनेपनि विभागले आफुहरुलाई कुनै जानकारी नगराएको र यात्रुलाई महँगो भाडादरमा घर जान बाध्य पारेको बताए ।

विभागका महानिर्देशक हमालले भने सीसीएमसी,नेपाली सेना र सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरेर सवारी साधन उपलब्ध गराउन आग्रह गर्नुभयो । व्यवसायीहरुले विभागले कुनै लिखित सुचना नदिएको, विदेशबाट नेपालमा कति मानिस भित्रिए र कति मानिससँग कति भाडा लिएर पठाईयो त्यसको सूचना आफुहरुले पाउनुपर्ने हक रहेको भन्दै सूचना दिन माग गरेका थिए ।