कतारमा दिउँसोकाे चर्को घाममा श्रमिकलाई काममा लगाउने १४० वटा कम्पनी कारवाहीमा।

दोहा(कतार):= कतारमा दिउँसोकाे चर्को घाममा श्रमिकहरुलाई काममा लगाउने १ सय ४० वटा कम्पनी कारवाहीमा परेका छन् ।

कतारको प्रशासनिक विकास तथा सामाजिक मन्त्रालयले निरीक्षण गर्दा निषेधित समयमा कामदारलाई काममा लगाएको पाइएपछि ती कम्पनीहरू कारवाहीमा परेका हुन् ।
कतारको २००७ को मन्त्रिपरिषदको निर्णय १६ अनुसार जुन १५ देखी अगस्ट ३१ सम्म बिहान ११:३० बाट बेलुका ३ बजे सम्म अत्याधिक गर्मी हुने भएकोले बाहिर काममा लगाउन पाइँदैन् ।

मन्त्रालयले पहिलो चरणमा जुन १५ देखि १८ सम्म निरीक्षण ५६ वटा कम्पनी कारवाहीमा परेका थिए । त्यसैगरि जुन १८ देखि जुलाई २ तारिखसम्म निरीक्षण थप ८४ वटा कम्पनीलाई कारवाही गरिएको मन्त्रालयले जनाएको छ ।

कारवाहीमा परेका कम्पनीहरूलाई अबदेखि निषेधित समयमा काममा नलगाउन चेतावनी दिँदै ३ दिन काम रोक्नुपर्ने सजाय दिइएको मन्त्रालयले जनाएको छ । कतारमा करिव ३ लाख ५० हजार बढी नेपाली श्रमिक कार्यरत रहेको अनुमान गरिएको छ। जसमध्ये करिव ८० प्रतिशत नेपाली बिकास निर्माणको क्षेत्रमा काम गर्दे आएका छन् ।