नेपाल तामाङ घेदुङ मलेसियाको अध्यक्षमा जगत सिंह तामाङ।

क्वालालम्पुर ( मलेसिया ):= नेपाल तामाङ घेदुङ मलेसियाको १५ अाैं बार्षिकाेत्सव तथा साधारणसभा हिजो जुलाई , ५ तारिख , आइतबारको दिन सम्पन्न भएको छ।

बिश्व भरि नै आतंका मच्याईरहेको कोरोना भाईरस कोभिड-१९ लाई मध्यनजर गर्दै मलेसियाको क्वालालम्पुर स्थित होटल ग्य्राण्ड कन्टिनेन्टलमा आयोजित एक भेलाबाट जगत सिंह तामाङकाे नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेकाे छ । नेपालका विभिन्न जिल्लाबाट रोजगारीका शिलशिलामा मलेसिया आईपुग्नु भएका तामाङहरुले“विश्वा भरि छरिएर बसेका सम्पूर्ण तामाङ हरु एक हौं,ताम्सालिङ प्रप्तीको लागि एक जुट हौ”भन्ने मुल नारा लाई आत्मा साथ गर्दै सन् २००५ स्थापना भएको तामाङ घेदुङ मलेसिया र तत्कालीन तामाङ समाज मलेसियाको एकीकृत भएको थियो।

[तस्बिरमा नेपाल तामाङ घेदुङ मलेसियाको नयाँ अध्यक्ष : जगत सिंह तामाङ ]

नेपाल तामाङ घेदुङ मलेसियाले स्थापना कालदेखिनै मलेसियामा विविध कारण पीडित भएका तामाङहरुको उद्धार,शैक्षिक क्षेत्र,आर्थिक कमजोर भएका विभिन्न रोगका बिरामीहरू लगायतलाई सहयोग गर्दै आएका छन्। पछिल्लोपटक कोरोना भाईरस कोभोड-१९ लाई मध्यनजर गर्दै मलेसियान सरकारले लागु गरिएको अवगमन निषेध(MCO) बाट प्रभावित भई खाद्यान्न संकटमा परेका नेपालीहरुलाई पटक पटक राहत वितरण समेत गर्दै आएको छ।

कार्यक्रममा विभिन्न जातिय संस्थाहरूका प्रतिनिधिहरूकाे आतिथ्यता रहेकाे थियाे भने नेपाल तामाङ कलाकार संघ मलेसियाका अध्यक्ष फुर्वा दाेर्जे तामाङकाे विशेष आतिथ्यता तथा नेपाल आदिवासि जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपीन राईकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।कार्यक्रममा उपस्थित अतिथि, विशेष अतिथि तथा प्रमुख अतिथि लगायतले नया कार्यसमितिलाई बधाई तथा शुभ कामना व्यक्त गरेका थिए। विदाई भएर जाने संस्थाका पुर्व महासचिव सबिन कूमार लाेप्चन तामाङलाई अाैपचारिक विदाई गरिएकाे थियाे भने विजय दोङ, बुध्दीमान तामाङ, सोनाम मोक्तान, प्रबिण मोक्तान, कमला थिङ र डोल्मा मोक्तान लाई नयाँ सदस्य को रुपमा अाबद्ध गरेको छ।

नेपाल तामाङ घेदुङ मलेसियाकाे नया कार्यसमिति ।
१)अध्यक्ष : जगत सिंह दोङ तामाङ
२) व. उपाध्यक्ष : मिलन थिङ तामाङ
३) उपाध्यक्ष : बिक्रम वाईबा तामाङ
४) महासचिव : छेवाङ लामा
५) प्रथम सचीव/ भाषा, लिपि तथा साहित्य विभाग : सोम लाल लोप्चन तामाङ (अमीर)
६) द्वितीय सचीव / सूचना तथा सञ्चार विभाग : मिलन दोङ तामाङ
कोष अध्यक्ष : प्रकाश लामा तामाङ
७) सह- कोष अध्यक्ष : तेन्जीङ लो तामाङ
८) सदस्य/खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभाग : कमल कुमार थिङ तामाङ
९) सदस्य/पुरातात्विक अनुसन्धान विभाग : छवि लाल बोम्जन तामाङ