उत्साह छैन किसानमा मल नपाउँदा मनोबल पनि खस्कँदै

बर्दिया । पश्चिमको अन्न भण्डार भनेर परिचित बर्दियाका किसानले जेनतेन गरी धान रोप्ने कार्य जारी राखेका छन् । किसानले आवश्यकताअनुसार मल नपाउँदा उत्पादनमा कमि आउनुका साथै किसानको मनोबल पनि खस्कँदै गएको छ । 

धान रोप्ने सिजन सुरु भइसक्दासमेत किसानले अझै पनि आवश्यकताअनुसार मल पाउन सकिरहेका छैनन्, जसले गर्दा खेतमा लगाएको धानको विउ खेर जाने होकि भन्ने चिन्तालउनीहरूलाई सताइरहेको छ । किसाहरूले आवश्यकता अनुसार मल लिन कृषि सहकारीमा रातिदेखि नै लाईन लागेपनि मल नपाएको दुखेको पोख्दै आएका छन् । आवश्यकताअनुसार मल नपाउँदा त्यसको प्रत्यक्ष प्रभाव उत्पादनमा पर्ने गर्छ, उत्पादनमा कमि आउने भएपछि कृषिलाई प्राथमिकतामा राखेको सरकारले त्यसलाई कार्यान्वयन गर्न नसक्दा किसानहरूको मनोबल खस्कँदै गएको हो । 

त्यसो त लकडाउन होस् वा अन्य समयमा पनि बर्दियाका किसानले सहजै आवश्यकताअनुसार मल पाउँदैनन, अहिले झन लकडाउन त्यसमाथि झन भारतसँगको सीमामा सीलका कारण झन् किसानहरू मर्कामा परेका हुन् । त्यसो त भारतबाट मल ल्याउने अनुमति सरकारले किसानलाई दिदैन र ल्याउन पनि पाइदैन तर सीमा क्षेत्रमा वासिन्दाले नेपालमा मल नपाएपछि भारतबाटै मल ल्यायर आफ्नो खेतमा प्रयोग गर्दै आइरहेका छन् । यसले माटोको प्रकृतिअनुसार प्रयोगशाला नभइकनै उत्पादन हुँदै आएको छ । 

लकडाउनका कारण किसानले सहज रूपमा आवश्यकताअनुसार मल पाउन सकिरहेका छैनन् । यसले गर्दा मनोवल पनि खस्कदै गएको किसानहरूको भनाइ छ । विगतका वर्षहरूमा ७ देखि ८ विगाह जमिनमा धान खेति गरिदै आएतापनि मलको अभावले यस वर्ष २ विगाहमा मात्रै धान खेति गरेको गुलरिया नगरपालिका वार्ड न ७ का किसान राजेश यादवले बताउनुभयो । 

उत्पादनको आकडा केलाउने हो भने बर्दिया धान खेति किसानको पहिलो रोजाई बनेको छ । धान उत्पादनका लागि मलिलो माटो पर्याप्त सिचाईको व्यवस्था भएको र समथर जमिनका कारण किसानले धानलाई पहिलो खेतीको रुपमा राखेका छन् । त्यहिँ धानको लागि चाहिने मल समयमै नपाईने, पाएपनि आवश्यकताअनुसार नपाईने कृषि सहकारीहरूले मनपरी बाड्ने गरेका कारण किसानका समस्या हल गर्नका लागि कसैले चासो नदिएको उनीहरूको दुखेसो छ । 

कृषि प्रधान देश भन्ने तर किसानले उत्पादनका लागि मल खोज्दा नपाउने यो कस्तो विडम्वना किसानले आवश्यकताअनुसार मल कहिलै पनि पाएको देखिदैन उत्पादनमा गरेको खर्च समेत उठ्न हम्मे हम्मे हुने गर्दछ । अनुदानसहितको मल दिने तर आवश्यकताअनुसार नपाउँदा अहिले अधिकाँस युवा रोजगारीका लागी भारत वा तेस्रो मुलुक जाने गरेका छन् । यो विषयमा स्थानिय तहले योजना बनाएको देखिँदैन । किसानका समस्या हिजो जस्तो थियो आज पनि उस्तै रहेको छ । 

किसानका समस्या हल गर्नका लागि केन्द्र स्तरमा योजना बनाइएता पनि त्यसको कार्यान्वयन नहुनु र सरकारको बजेटमा कृषिलाई प्राथमिकता दिइएता पनि त्यो वास्तविक किसान सम्म पुग्न नसक्नु बिडम्बना हो । किसानले आवश्यकताअनुसार मल नपाएको सहकारीमार्फत वितरण गर्दा सहकारीले आफूखुसी वितरण गर्ने आ–आफ्ना सदस्यहरूलाई मात्र दिने गरेको कारण पनि किसान माथि थप पिडा थपिएको हो । 

किसानहरूले आवश्यकताअनुसार मल नपाएको सहकारीहरूले वितरणमा पारदर्शी नगरेको गुनासो किसानहरूको आइरहेका बेला मल विक्रि वितरणको जिम्मा लिएका सहकारीहरूका भने आफ्नै पिडा छन् । निकै कम मात्रमा मल आफुहरूलाई उपलव्ध गराइने त्यो मल केही किसानलाई मात्र पुग्ने त्यो पनि किसानले चाहेजतिको मल दिन नसकिरहेको बताउँछन् । यसले गर्दा किसानलाई आवश्यकताअनुसार मल दिन नसकिरहेको उनीहरूको प्रतिक्रिया छ । किसानको माग वढि छ, तर कम्पनिबाट थोरै उपलव्ध हुँदा किसानलाई मर्का परेको यसका लागी सरकारले सहजरूपमा मल किसानले खरिद गर्नको लागि योजना बनाउनु पर्ने देखिएको कृषि वजार बहुउदेशिय सहकारी संस्थाका अध्यक्ष दिनानाथ कडेलले बताउनुभयो । सहकारीहरूको भनाइ रहेको छ विगत १२ वर्षदेखि मल विक्रि गर्दै आइरहेको छ । 

मल वितरण गर्न सहज छैन, किसानका आफ्ना समस्या होलान तर कतिपय किसानले भन्ने गरेको आवश्यकता अनुुुसार मल नपाउँदा सहकारीले आफ्ना सदस्यलाई मात्र वितरण गर्रो भन्ने कुरा सहि नभएको सहकारीहरूको छ । सहकारीले किसानलाई यसरी मल दिइरहँदा एक जना किसानले ५० किलोसम्म मल पाएका थिए तर त्यहिँ मल सहकारीबाट लिएर गाउँ घरमै विक्रि वितरण गरिएको भन्ने खवर आएपछि सवैको सहकार्यमा सहकारीका सदस्यलाई मात्र दिइने नियम बनाइएको छ । यसले गर्दा किसान झन् मर्कामा परेका छन् । आफूहसँग जति मल आउँछ त्यति नै किसानहरूलाई वेच्ने गरेको रातो कृषक बहुउदेश्यिय सहकारी सस्थाका सचिव यज्ञबहादुर हमालले बताउनुभयो । 

जनप्रतिनिधिलाइ किसानले सहजरूपमा विउ मल प्राप्तीका लागि केही गर्न भनेर दैनिक जसो वडाकार्यलय धाउने गरेका छन तर जनप्रतिनिधिहरूले आफूले केही गर्न नसकिरहेको बताउँछन् । यो समस्या कसरी हल गर्ने भन्ने विषयको प्रारम्भिक चरणमा पनि आफुहरूले सोच नबनाएको गुलरिया नगरपालिका–४ का वडाअध्यक्ष रामबहादुर रावलले बताउनुभयो । 

सरकारले किसानका लागि केन्द्रमा बसेर योजना बनाउँदा ग्रामिन भेगका किसानसम्म यो योजना कार्यान्वयन हुन आवश्यक छ । यसका लागि केन्द्र, प्रदेश र स्थानिय तहलाई अझ बढी सक्रिय बनाइनु जरुरी देखिन्छ । नेपालमै आवश्यकता अनुसार मल नपाइने भारतबाट ल्याउन नपाईने यो अवस्थालाई मध्यनजर गर्दै विकल्प सोच्ने बेला आएको छ ।