तीन वर्षको मूल्यांकन गरी एसइईको नम्बर दिन निर्देशन

काठमाडौं । नेसनल प्याब्सन र प्याब्सनले पछिल्ला तीन वर्षको एसइई परीक्षाफलको अध्ययन गरेर मूल्यांकन गर्न सदस्य विद्यालयहरूलाई निर्देशन दिएका छन् । बुधबार विज्ञप्ति जारी गर्दै नेसनल प्याब्सन र प्याब्सनले विगत तीन वर्षको एसइई परीक्षाफलको अध्ययन गरेर मूल्यांकन गर्न निर्देशन दिएको हो ।

प्याब्सन तथा नेसनल प्याब्सनले बुधबार संयुक्त विज्ञप्ति जारी गरी २०७६ सालको माध्यामिक शिक्षा परीक्षा कोभिड–१९ को महामारीले सृजना गरेको परिस्थितिजन्य बाध्यताको कारण नियमित रूपमा तोकिएको समयमा सञ्चालन हुन नसकेको भन्दै तीन वर्षको मूल्यांकनको आधारमा नम्बर दिन आग्रह गरेको छ । 

विद्यालयहरूले गर्ने आन्तरिक मूल्यांकनका सम्बन्धमा विभिन्न टीका–टिप्पणीहरू, शंका उपशंकाहरू व्यक्त गरिएको सन्दर्भमा विद्यालयहरूले आफ्ना बारेमा सृजित भ्रमहरूलाई चिर्दै आफ्नो इमानदारी प्रस्तुत गर्नसमेत जनाइएको छ । विज्ञप्तिमा उक्त विश्वासलाई विद्यालयले डगमगाउन नदिई विद्यालयप्रतिको जनविश्वासलाई थप उचाइमा पु¥याउनसमेत आग्रह गरिएको छ ।