मलेसियाबाट हुने चार्टर्ड उडानको जुलाई १० सम्मको नयाँ तालिका सार्वजनिक।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि बिहिवारदेखि नेपाल एयरलाइन्स , हिमालयन एयरलाइन्स र मालिन्डो एयरलाइन्सले ९ वटा उडान भर्ने भएका छन् ।

मलेसिया स्थित नेपाली दूतावासले जनाए अनुसार बुधबार जुलाई १ देखि जुलाई १० सम्मको ८ दिनको अवधिमा नेपाली र विदेशी जहाजले ९ वटा उडान भर्ने दूतावास स्रोतले बताए।
जुलाई २ मा नेपाल एयरलाइन्स , जुलाई ३ मा मालिन्डो एयरलाइन्स , जुलाई ४ मा नेपाल एअरलाइन्स , जुलाई ६ मा हिमालयन एयरलाइन्स , जुलाई ७ मा नेपाल एयरलाइन्स , जुलाई ८ मा हिमालय एयरलाइन्सले र जुलाई ९ र १० मा पनि नेपाल एयरलाइन्सलेनै उडान भर्ने तालिका सहितको सुचना दूतावासले सार्वजनिक गरेको छ ।

चार्टर्ड विमान हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले १५ सय ९० मलेसियन रिंगिट अर्थात नेपाली रु. ४५ हजार एक सय रुपैयाँ भाडादर तोकेको छ भने मालिन्डो एयरले १५ सय मलेसियन रिंगिट भाडा तोकेको छ ।
समस्यामा परेका, विभिन्न कारणले नेपाल फर्कनैपर्ने अवस्थामा रहेका नेपालीले स्वदेश फिर्तीका लागि दूतावासमा आफ्नो समस्यासहित फारम भरेर आफ्नो विवरण टिपाउनुपर्छ ।

स्वदेश फर्कने नेपालीको साथमा अनिवार्य मलेसिया अध्यागमन बिभागको चेकआउट मेमो या बिदामा फर्कने हो भने कम्पनीको आधिकारिक यात्रा अनुमतिपत्र , नेपाल आइपुग्ने दिनले सात दिनभित्र कोरोना जाँच गरेको पिसिआर रिपोर्ट , सक्कली पासपोर्ट साथमा हुनुपर्ने छ।