बिरामी परि स्वदेश फर्कन समस्या परेका नेपाली लाइ NRNA मलेसियाले सहयोग गर्ने ।

क्वालालम्पुर मलेसिया

गैरआवासीय नेपाली संघ मलेसियाले बिरामी परि स्वदेश फर्कन समस्या परेका नेपाली लाइ स्वदेश फर्काउन सहयोग गर्ने भएको छ ।

पहिलो र दोस्रो चरणमा खाद्यान्न समस्यामा रहेका नेपाली लाइ मलेसिया ब्यापी खाद्यान्न बितरण कार्यक्रम सञ्चालन गरि खाद्य समस्या समाधान गर्दै आएको गैरआवासीय नेपाली संघ मलेसिया ले पछिल्लो समय चार्टर फ्लाइट हरु सुचारु भए पश्चात समस्यामा परेका स्वदेश फर्कने सम्पुर्ण प्रक्रिया पुरा गरिसकेका र आर्थिक अबस्थामा कम्जोर भएका बिरामी असक्त अपाङ्ग कोहि पनि कोभिड टेस्ट गर्नको लागी ,स्वदेश फिर्ता हुने हवाई टिकट को लागी सहयोग अपिल गर्दै गैरआवासीय नेपाली संघ को सम्पर्कमा आएका स्वदेश फर्कने तयारीमा रहेका नेपाली लाइ कोभिड-19 चेक जाचमा तथा स्वदेश फिर्ता गराउनको लागी अवस्यक सहयोग पुर्याउने गैरआवासीय नेपाली संघ मलेसिया का अध्यक्ष हरि भट्टराईले बताउनु भयो ।

अध्यक्ष भट्टराई का अनुसार छिटै राजदुतावास सङको सम्मन्वय मा हस्पिटलमा बिरामी परि खर्च अभाव झेलिरहेका बिबिध कारणले मृत्यु भएका नेपाली को सव दाहसंस्कार को लागी फिर्ता गराउन समेत गैरआवासिय नेपाली संघ मलेसिया ले सहयोग गर्ने बताउनुभयो।

स्वदेश फर्कने क्रममा कोभिड-19 को टेस्ट समेत नक्कली सर्टिपिगेट बनाइरहेको चर्को रकम असुल गरिरहेको गुनासो आइरहेको बेला गैरआवासीय नेपाली संघ मलेसियाले श्रमिक हरुको लागी स्थापित गरेको श्रमिक संञ्चय कोषको रकम बाट कोभिड-19 चेक गराउन सहयोग गर्ने अध्यक्ष भट्टराईले जानकारी दिनुभयो।