धीरज–जसिताको नयाँ फिल्म अर्को वर्ष

काठमाडौं । एक चलचित्रबाट दर्शकले निकै रुचाउनु भएका नायक धीरज मगरको अर्को चलचित्रको पर्खामा थुप्रै दर्शक हुनुहुन्छ । लकलेटी नायक धीरजलाई लिएर काम गर्न धेरै निर्माता तथा निर्देशकले प्रस्ताव लिएर पग्नु भयो तर धीरजलाई लिएर उहाँको पहिलो चलचित्र इन्टु मिन्टु लण्डनमा की निर्देशक निर्देशक रेनशा बान्तवा राईले नयाँ चलचित्र बनाउने तयारीमा हुनुहुन्छ ।

रेनशाको निर्देशनमा बन्ने तयारीमा रहेको नयाँ चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन सुरु भएको त छैन तर लकडाउनको समय खुल्नासाथ छायांकनमा जाने तयारीमा हुनुहुन्छ । चलचित्र निर्माणको औपचारिक घोषणा भने पहिले नै भइसकेको छ ।

नायक धीरज मगर र नायिका जसिता गुरुङ यही चलचित्रको छायांकनको प्रतीक्षा गरिरहनु भएको छ । नृत्यको कथामा आधारित रहेर तयार हुन लागेको यो चलचित्र बन्छ कि बन्दैन भन्ने दुविधा पनि दर्शकमा थियो । तर, अब भने चलचित्रको छायांकनको तयारीमा यसको निर्माणपक्ष लागेको बुझिएको छ । निर्देशक राईले सन् २०२१ मा चलचित्र दर्शकमाझ आउने भन्दै धीरज र जसिता तयार भएको उल्लेख गर्नु भएको छ । यो जोडीलाई पर्दामा हेर्न दर्शक आतुर छन् । चलचित्रको वर्कशप चलेको पनि लामै समय भइसकेको छ ।