जुन २९ तारिख सोमबारदेखि विदेशबाट फर्केर मलेसिया भित्र प्रवेश गर्दा आवश्यक पर्ने कोरोना टेस्ट रिपोर्टको लागी मलेसियन सरकारले नयाँ शुल्क निर्धारण गरेको छ। स्वास्थ्यमन्त्री दातुक श्रि डाक्टर आधाम बाबाले सरकारले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै पुर्व निर्धारित शुल्क घटाएर विदेशबाट मलेसियाको स्थानीय नागरिक देश भित्र प्रवेश गरेपछि कोरोना ( कोभिड-19 ) को परिक्षण गर्न आरएम ३० देखि १५० रिंगेटसम्म शुल्क तिर्नुपर्नु बताए। साथै मन्त्री आधामले भने , मलेसियामा वैदेशिक रोजगारीको निम्ति कार्यरत विदेशी नागरिकले आफ्नो स्वदेश फर्कन आवश्यक पर्ने कोरोना टेस्ट र रिपोर्टको लागी आरएम ६० देखि २५० रिंगेट सम्मको शुल्क तिर्नुपर्ने नयाँ नियम सरकारले लागु गरेको बताए।स्थानीय पत्रीका मलेसियामेलले समाचार सम्प्रेषण गरेको छ।
| Type of Covid-19 detection test | Malaysian citizen (RM) | Foreigner (RM) |
|---|---|---|
| Antibody rapid test kit | 30 | 60 |
| Antigen rapid test kit | 60 | 120 |
| Polymerase chain reaction | 150 | 250 |
आजदेखि एक मलेसियन नागरिकको लागि एन्टिबडी द्रुत टेस्ट किटको लागि आरएम ३० , एन्टिजेन द्रुत परीक्षण किटको लागि आरएम ६० , पोलीमेरेज चेन रिएक्शन टेस्ट किटको लागि आरएम १५० तोकिएको छ। जबकि विदेशीहरूकोलागि नियमहरूमा उल्लेखित शुल्क अनुसार एन्टिबडी द्रुत टेस्ट किट आरएम ६० , एन्टिजेन द्रुत टेस्ट किट आरएम १२० , पोलीमेरेज चेन रिएक्शन टेस्ट किट ( पिसिआर टेस्ट ) आरएम २५० निर्धारण गरिएको छ। मन्त्री आधामले भने यो नयाँ नियमले शुल्क तिरेर मलेसियाका कुनै पनि मलेसियाली नागरिक वा विदेशी नागरिकले यहाँका कुनै पनि सरकारी अस्पतालमा परिक्षण गराउन सक्नेछ्न , यो कुरा सम्पुर्ण सरकारी अस्पताललाई जानकारी समेत गराइसकिएकोले अस्पतालहरुले सोही अनुसारको शुल्क लिनुपर्ने बताए। यसभन्दा अघि जुन १० तारिखमा वरिष्ठ रक्षामन्त्री दातुक श्रि इस्माईल साब्री बिन याकोबले भनेका थिए कि विदेशबाट फर्केका मलेसियनहरूले अथवा विदेशी नागरिकहरुले हवाई अड्डामा आइपुग्ने बित्तिकै उनीहरूको कोभिड-१९ को स्वाब टेस्ट हुनेछ, संकलन गरिएको स्वाब परीक्षणका लागि अस्पताल पठाइनेछ। जसको रिपोर्ट नेगेटिभ आउछ , उ आफ्नो घरमा गएर १४ दिने होम क्वारेन्टाइनमा एक्लै बस्नुपर्ने हुन्छ र जसको रिपोर्ट पेजिटिभ आउछ , उसलाई आवश्यक थप उपचारको लागी कोरोना उपचार विशेष अस्पतालमा पठाइनेछ।
हाल मलेसियाबाट नेपाल फर्किने नेपालीहरुले कोरोनाको पिसिआर टेस्ट गराए बापत आरएम ३५० देखि माथी महँगो शुल्क तिर्दै आइरहेको थियो। विदेशबाट चार्टर्ड उडानमार्फत स्वदेश फर्किने पिसिआर रिपोर्ट साथमै भएको नेपालीलाई काठमाडौंको महँगो होटेल क्वारेन्टाइनमा बस्नुपर्दैन , नेपाल सरकारले तिनीहरुलाई सिधै आफ्नो घरमा होम क्वारेन्टाइनमा बस्नको लागी पठाउने गरेको छ।




















