मुम्बई (एजेन्सी) । बलिउडकी चर्चित अभिनेत्री आलिया भट्टको सामाजिक सञ्जाल इन्स्टाग्राममा दिनहुँ फ्लोअर्स घटिरहेका छन् । नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा परिवारवादको बहस सुरु भएको छ । यो बहसमा सबैभन्दा बढी आलोचित नायिका आलिया भट्ट भएकी छन् ।
आलियालाई अहिले सामाजिक सञ्जाल इन्स्टाग्राममा अनफलो गर्ने लहर नै चलेको हो । करिब ५ करोड फलोअर्स नजिक पुगेकी आलिया अहिले आलोचनाको शिकार बन्नु भएको छ । उहाँलाई इन्स्टाग्राममा अनफलो गर्नेको संख्या १५ लाख पुगेको छ ।
चार करोड ८९ लाख फ्यान कमाएकी आलियालाई अहिले १५ लाखले अनफलो गरेको देखिन्छ । अहिले उनको इन्स्टाग्राममा फलोअर्सको संख्या चार करोड ७४ लाख छ । सुशान्त सिंह राजपुत बलिउडमा व्याप्त परिवारवादको कारण डिप्रेसनमा गएको र आत्महत्या गरेको भन्दै उहाँले फ्यानले करण जोहर र आलिया भट्टको चर्को आलोचना भइरहेको छ ।


















