मलेसिया सरकारले यो बर्षको अन्त्यसम्म नयाँ विदेशी श्रमिक नलिने।

क्वालालम्पुर ( मलेसिया ):= मलेसिया सरकारले यो वर्ष २०२० को अन्त्य नहुन्जेलसम्म नयाँ विदेशी श्रमिक नलिने भएको छ ।

विश्वभरि माहामारीको रुप लिएर फैलिएको कोरोना भाइरस ( कोभिड -19 ) को संक्रमणको कारण विदेशी कामदार लिने प्रक्रिया हाललाई मलेसियाले स्थगित गरेको
मलेसियाको मानवअधिकार संसाधन मन्त्री दातुक श्रि एम सारावाननले एक पत्रकार सम्मेलनमा बताए।

मन्त्री सारावाननले भने ,”हामी नयाँ बर्षको लागि विदेशी श्रमिकलाई रोजगारीको लागि आउन अनुमति दिदैनौं। उनीहरूले (विदेशी) पर्यटकको रूपमा आउन सक्छन्, यदि उनीहरूलाई अनुमति दिइन्छ उनले भने।” अहिले देशमा करिब २० लाख विदेशी कामदार छन। जसमध्ये कोरोनाको कारण कैयौं हजार विदेशी तथा स्वदेशी कामदार,श्रमिकहरुले रोजगारी गुमाउनु परेकोछ।
“अब हामी कार्यक्षेत्रहरुमा विदेशी कामदारहरूलाई घटाउने कोसिस गर्दछौं र स्थानीय बेरोजगारहरुलाई प्राथमिकता दिई रोजगारी सुरक्षित गर्नेर्छौं,।”

उनले थप बोल्दै भने , रोजगारी खोज्ने स्थानीयहरुलाई रोजगारीको बारेमा रोज्न नचाहिने , जुन काम मिले त्यहीँ गर्न सल्लाह दिदै जुनसुकै काम गर्न आग्रह गरे , किनभने यसले भबिष्यमा विदेशी कामदारमाथि निर्भरता कम गर्न सहयोग पुर्‍याउने बताए।