ट्विटरबाट सोनाक्षी आउट

मुम्बई । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा ट्विटर अकान्टबाट आउट हुनु भएको छ । अर्थात् सोनाक्षीले आफ्नो ट्विटर अकान्ट सदाका लागि बन्द गर्दै इन्स्टाग्राममा कमेन्ट गर्न नमिल्ने बनाउनु भएको छ । 

उनले अकाउन्ट निस्क्रिय गर्न लागेको जानकारी दिँदै अन्तिम ट्विट गर्दै लख्नु भएको छ्, ‘तपाइँको विवेकको रक्षा गर्न पहिलो कदम नकारात्मक बताबाट टाढा रहनु हो, र आजको दिनमा त्यो भनेको ट्विटर नै हो ।’ अन्तिममा उनले शान्तिको सिम्बोल पनि प्रयोग गर्नु भएको छ । इन्स्टाग्राममा उक्त ट्विट शेयर गर्दै सोनाक्षीले क्याप्सनमा लेख्नु भएको छ, ‘आग लगे बस्ती मे, मैं अपनी मस्ति मे ।’ साथै उनले इन्स्टाग्रामको पोष्मा कमेन्ट पनि गर्न नमिल्ने बनाउनु भएको छ ।

पछिल्लो समय सुशान्तको आत्महत्याले सामाजिक सञ्जाल ट्विटर तातिएको छ । केही निर्देशक तथा स्टारकिडले गर्दा सुशान्तलगायत बलिउडभन्दा बाहिरबाट आएका अन्य कलाकारलाई स्थान नदिएको भन्दै ट्रोल भइरहेका छन् । जसमा सोनाक्षी पनि पर्नु भएको छ । यसअघि पनि सोनाक्षी थुप्रै पटक ट्रोलको शिकार भइसक्नु भयो ।