महेन्द्र केरुङ ,,
मलेसिया ( क्वालालम्पुर ):= मलेसियामा पुनः एक नेपाली श्रमिकको सुतेकै अवस्थामा मृत्यु भएको छ।
उदयपुर जिल्ला बेलका नगरपालिका वाड न .– ९ , रामपुर निवासी २९ बर्षिय दिपक बस्नेत काे मृत्यु भएको हो ।
उनी मलेसिया स्थित पेनाङमा अवस्थित J.C.Y. कम्पनीमा ६ बर्ष देखि कार्यरत रहेका थिए।
बस्नेत हिजो आइतबार बिहान करिब ७:०० बजे सुतकै ठाउँमा मृत फेला परेकाहुन । उच्च रक्तचापको कारण ज्यादै टाउको दुखेको बताउदै सुतेको बस्नेत कहिल्यै न उठने गरि अस्ताएको संगै बस्ने , कामगर्ने अर्का एक नेपाली श्रमिकले बताए । मृतक बस्नेतको शव पोस्टमार्टमको लागि स्थानीय अस्पतालमा राखिएको छ । नेपालमा उनको घरमा श्रीमती र ५ बर्ष का १ छोरा रहेको बताइएको छ।




















