एजेन्सी । पाँच महिना अघिदेखि फैलिएको विश्व महामारी कोरोना भाइरसको संक्रमण भातरमा तिब्र गतिमा बढीरहेको छ ।भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ४४५ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या १३ हजार ६९९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १४ हजार ८२१ जना संक्रमित पुष्टि भएको छ ।
भारतमा अहिलेसम्म ४ लाख २५ हजार २८२ जना संक्रमित भएका छन् । यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिल र रसियापछि चौथो स्थानमा उक्लिएको छ ।
भारतमा अहिलेसम्म २ लाख ३७ हजार १९६ जना ठिक भएका छन् भने एक लाख ७४ हजार ३८७ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।
त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या ९० लाख ५१ हजार ३९८ पुगेको छ भने मृतकको संख्या ४ लाख ७० हजार ७९५ पुगेको छ । भने ४८ लाख ४१ हजार ९३५ जना कोरोना संक्रमित ठिक भएका छन् ।


















