एमसिओ अवधीमा भिसा सकिएको श्रमिकले´रिनियु`नयाँ भिसा थप गर्न पाउने।

क्वालालम्पुर ( मलेसिया ):=मलेसियामा जारी आवागमन नियन्त्रण आदेश ( MCO ) अवधीभित्र भिसा सकिएको विदेशी श्रमिकहरु रिनियु ( नयाँ भिसा थप ) गर्न सकिने भएकोछ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मलेसियाका वरिष्ठ रक्षामन्त्री दातुक श्रि इस्माईल साबरी याकोबले बोल्दै भने ,” भिसा सकिएको विदेशी श्रमिकहरुले अब कुनै बहाना बनाउनु पर्दैन , किनभने अहिले अध्यागमन ( इमिग्रेसन ) कार्यालयहरु खुल्ला छ, त्यसैले जो विदेशी श्रमिक अझै लामो समयसम्म करार अवधी थप गरेर बस्न चाहन्छन रोजगारले उनीहरुको भिसा रिनियु गर्न पाउनेछ्न साबरीले भने।”

वरिष्ठमन्त्री साबरीले पत्रकार सम्मेलनमा स्वीकार गरे कि अघिल्लो एमसीओ अन्तर्गत, अध्यागमन कार्यालयहरू बन्द थिए र जसका भिसा सकियो उनीहरूले आफ्नो एयरलाइन्स टिकट संगै अन्य कानुनी कागजात देखाउँदै देश छोड्दै घर फर्केका थिए।स्थानीय सञ्चार माध्यममा प्रकाशित समाचारमा उल्लेख गरिएको छ।

साबरीले भने , गैरकानुनी आप्रवासीको बिरूद्ध चालिएको भर्खरैका अभियानमा धरपकडबाट पक्राउ परेका केही भारतीय पर्यटकहरू पनि थिए,उनिहरुको भिसा टुरिस्ट रहेको भेटिएको थियो। “यो सम्भव छ कि उनीहरूले पर्यटक भिसा प्रयोग गरेर प्रवेश गरे होलान तर त्यसको सट्टामा नाईँ वा रेस्टुरेन्टमा काम गर्न थालेका हुन सक्छन्। “यस्तो व्यवहार हाम्रो अध्यागमन कानुन,नीतिको बिरूद्ध छ, त्यसैले भिसा दुरुपयोग गरेको कारण उनीहरु विरुद्ध कारबाही हुनेछ,” उनले थपे।

साबरीले यस अघि भनेका थिए कि, प्रारम्भिक एमसीओ अवधिमा म्याद सकिएका भिसा भएकाहरूका विरुद्ध कुनै कारबाही लिने छैन, तर अब भने भिसा सकिएको विदेशी श्रमिकहरुले मलेसियामा लामो समयसम्म बस्न मन भए अनिवार्य भिसा रिनियु ( थप ) गर्नुपर्ने नभए आवश्यक कानुनी प्रक्रियाहरु पूरा गरेर स्वदेश फर्कनुपर्ने बताए।