क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कार्यरत एक नेपाली श्रमिकको सुतेकै क्रममा मृत्यु भएको छ।
मलेसियाको जोहोरबारुमा सेतिया ट्रोपिकामा बिगत ७ महिनादेखि रेड फोर्स सेक्युरिटी सर्भिस एसडिएन बिएचडी ( Red force security service sdn bhd ) नामक सेक्युरिटी कम्पनीसंग आबद्ध रहि कामगर्दै आईरहेका दिनेश चौधरीको मृत्यु भएको संगै बस्ने र सोही कम्पनीमा काम गर्ने नेपाली गंगा बहादुर गौतमले बताउनुभयो।

गंगा बहादुरले बताए अनुसार नवलपरासी जिल्ला निवासी दिनेश चौधरी हिजो शुक्रबार राती खाना खाएर सुतेका थिए।करिबकरिब राती ०१:०० बजेतिर चौधरीको अच्चानक छात्ति दुखेर स्वास फेर्न गार्हो भएको जस्तो फ्याँ फ्याँ गरिरहेको १,२ मिनेट पछिनै मृत्यु भएको सुनाउनुभयो।
तरपनि हामीले रातीनै स्थानीय एम्बुलेन्सलाई फोन गरेर डाक्टर सहित बोलायौँ तर डाक्टरले मृत घोषणा गरेर गयो गौतमले बताए।
रातीनै कम्पनीको म्यानेजर र पुलिस आएर मृतक चौधरीको शव पोस्टमार्टमको लागि अस्पताल लगिएको गौतमले मलाया खबरसंग भन्नुभयो। चौधरीको घरमा अन्यसंगै श्रिमति र दुईजना छोराछोरी रहेको बताए।






















