पेनाङ(मलेसिया):= मलेसियामा रहेको नेपाली फुटबलसँग जोडिएको नेपाली फुटबल क्लब N. Penang FC ले नेपाली फुटबलका अनुभवी प्रशिक्षक सुमन श्रेष्ठलाई क्लबको मुख्य प्रशिक्षक (Head Coach) नियुक्त गरेको छ।
क्लबले आधिकारिक घोषणा गर्दै श्रेष्ठलाई नयाँ मुख्य प्रशिक्षकका रूपमा स्वागत गरेको हो। AFC A Licence प्राप्त प्रशिक्षक श्रेष्ठले नेपाली फुटबलमा लामो समयदेखि अनुभव हासिल गर्दै आएका छन्।
क्लबका अनुसार श्रेष्ठको नेतृत्व, रणनीतिक ज्ञान तथा जितको मानसिकताले टोलीलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। उनको आगमनसँगै N. Penang FC ले आगामी दिनमा नयाँ चुनौती, नयाँ उपलब्धि र अझ ठूलो सफलतातर्फ अघि बढ्ने विश्वास व्यक्त गरेको छ।
प्रशिक्षक श्रेष्ठलाई स्वागत गर्दै क्लबले उनको नेतृत्वमा टोलीले थप उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा राखेको जनाएको छ। N. Penang FC ले प्रशिक्षक श्रेष्ठलाई स्वागत गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ।




















