सेरेमबान(मलेसिया):= अन्तर्राष्ट्रिय श्रम संगठन International Labour Organization (ILO) नेपालको सहयोगमा सञ्चालित MiRiDeW परियोजनाअन्तर्गत PNCC मलेसिया र North South Initiative (NSI) को आयोजनामा सेरेमबानमा सामाजिक सुरक्षा कोष (Social Security Fund–SSF) तथा श्रम नवीकरण (Online Labour Permit) सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
१० अगस्ट २०२६, सोमबार साँझ नेगेरी सेम्बिलानको सेरेमबान–२ मा आयोजित कार्यक्रममा मलेसियामा कार्यरत नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोष (SSF) को महत्व, सुविधा तथा लाभका साथै श्रमसम्बन्धी कागजात तथा अनुमति नवीकरण प्रक्रियाबारे जानकारी प्रदान गरिएको थियो।
MiRiDeW परियोजना मलेसियाकी कार्यक्रम संयोजक रेखा सुब्बाको उपस्थितिमा सम्पन्न कार्यक्रममा PNCC जोहरका Outreach Officers सुरेन्द्र महतो र राजु तामाङले सहजीकरण तथा सञ्चालन गर्नुभएको थियो। कार्यक्रमको व्यवस्थापन तथा स्थानीयस्तरमा सहजीकरण हेल्प मधेसी मलेसिया, सेरेमबान शाखाका संस्थापक उदय महतोले गर्नुभएको थियो।

कार्यक्रममा मलेसियाका विभिन्न कम्पनीमा कार्यरत ४५ जनाभन्दा बढी नेपाली श्रमिकको सहभागिता रहेको थियो। सहभागीहरूलाई SSF मा आबद्ध भएपछि प्राप्त हुने सामाजिक सुरक्षा सुविधा, योगदानको महत्व तथा भविष्यमा पाउन सकिने लाभबारे जानकारी गराइएको थियो।
त्यसैगरी, श्रम अनुमति नवीकरण (Online Labour Permit) समयमै गर्नुको आवश्यकता, नवीकरण प्रक्रिया तथा वैधानिक रूपमा मलेसियामा काम गर्दा प्राप्त हुने अधिकार र सुविधाबारे समेत जानकारी दिइएको थियो।
मलेसियामा कार्यरत नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा, श्रम अधिकार र वैधानिक रोजगारीसम्बन्धी विषयमा प्रत्यक्ष जानकारी तथा सचेतना प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले श्रमिकहरूलाई आफ्नो अधिकार र जिम्मेवारीबारे थप सचेत बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।




















