वैदेशिक रोजगारीमा जान दिने सरकारको निर्णय/विदामा आएकाहरु पनि जान मिल्ने।

काठमाडौं := नेपाल सरकारले वैदेशिक रोजगारी फेरि खुला गर्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले विदामा आएकासँगै नयाँ रोजगारीमा जान चाहनेलाई पनि अनुमति दिने निर्णय गरेको हो ।

श्रम तथा रोजगार मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । विद्यार्थीहरुको हकमा शिक्षा मन्त्रालयको सिफारिसमा जान दिइनेछ ।
सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन गरेयता वैदेशिक रोजगारीमा जाने क्रम रोकिएको छ। विश्वभर कोरोना भाइरस फैलिएपछि अहिले सरकारले खाडीसहितका मुलुकबाट चार्टर्ड प्लेन मार्फत धमाधम नेपाली नागरिकहरुलाई स्वदेश ल्याईरहेको छ। सरकारले शुक्रबारसम्म करिब २८ सय नागरिक स्वदेश फर्कीसकेेको जनाएकोछ्।

[ फाईल तस्वीर ]

यस्तै विदेशमा रहेका नेपाली कुटनीतिक नियोगका कर्मचारीहरुका परिवारका सदस्यहरुलाई आवश्यक ‘प्रोटोकल’सहित जान छुट दिने निर्णय पनि सिसिएमसीले गरेको ज्ञवालीले बताएकाछ्न।
सिसिएमसीले सम्बन्धित देश र रोजगारदाताले खर्च नव्यहोर्ने तथा आफ्नो खर्चमा नेपाल आउन नसक्ने श्रमिकहरुको हकमा सरकारी खर्चबाट नेपाल फर्काउने कार्यविधि बनाएर लागू गर्न श्रम मन्त्रालयलाई निर्देशन समेत दिएको छ।