आरएन चौधरी थारु,,
क्वालालम्पुर ( मलेसिया ):= बिगत १४ बर्षदेखी मलेसियामा रोजगारीको निम्ति कार्यरत मकवानपुर जिल्ला कैलाश गाँउपालिका वडा नम्बर १० स्थाई घर रहेका हाल बसोबास मनहरी गाँउपालिका सिम्पानी निवासी राम सिंह तामाङ आफु कार्यरत कम्पनी नजिकै सडक किनारको रुखमा झुन्डिएको अवस्थामा गत मेय ( may ) महिनाको १३ तारिख , बुधबार बिहानको समयमा सडक किनारको रुखमा पासो लगाएर झुन्डिएको अवस्थामा फ़ेला परेका थिए।
मृतक तामाङ कार्यरत कम्पनीमै कामगर्ने मलेसियन , र नेपालीहरु कामदारहरु मिलेर संकलन गरेको आर्थिक रकम मलेसियन रिंगेट आरएम १४ हजार २ सय ७७ / नेपाली रु. ३ लाख ९९ हजार ७ सय ७८ रुपैयाँ आर्थिक रकम सान्तावना स्वरुप सहयोग प्रदान गरेकाछ्न।
मृतक तामाङ बिगत ८ बर्षदेखी मलेसियाको नेगेरी सेम्बिलान राज्यमा पर्ने सेरेम्बानमा अवस्थित ओनन कोर्प,एम,एसडिएन बिएचडी ( Oon Corp Resources (M) Sdn Bhd ) नामक कम्पनीमा कामगर्दै आईरहेका थिए ।

सोही कम्पनीमा लिडरको रुपमा कार्यरत नेपाली कामदार मोहम्मद अस्फाक शेखको नेतृत्वमा फ्याक्टरी (१) र फ्याक्टरी (२) लगायतको डिपार्टमेन्टमा कामगर्ने सम्पुर्ण स्थानीय नागरिक र नेपाली कामदारहरुसित चन्दा संकलन गरि जम्मा गरिएको सो रकम यहीँ जुन महिनाको १५ तारिखको दिन आईएमई बैंक मार्फत मृतक तामाङको श्रीमति कान्छी थिङ्ग तामाङको नाममा पठाइएको मलाया खबरलाई जानकारी गराउनुभयो।

यता मलाया खबरका सम्पादक आरएन चौधरी थारु ले टेलीफोन सम्पर्क मार्फत मृतकको श्रीमति र परिवारका सदस्यहरुसंग आर्थिक सहयोगको बारे बुझ्दा , उहाँहरुले भन्नुभयो , हो , मलेसियाबाट करिब करिब ४ लाख नेपाली रुपैयाँ सहयोग पठाउनुभएको छ। धन्यवाद दिन चाहन्छु सम्पुर्ण सहयोगी दाजुभाइ , दिदिबहिनीहरुलाई ज-जसले हाम्रो परिवारको दु:ख बुझि यस्तो संकटको बेलामा पनि आर्थिक रकम पठाएर सहयोग गर्नुभयो , हामी उहाँहरुप्रति आभारी रहनेछौ भन्नुभयो । साथै चाडो भन्दा चाडो मृत श्रिमानको शव नेपाल पठाई सहयोग गरिदिनुहुन कम्पनी र सम्बन्धित निकायको ध्यानाकर्षण गराउदै उनको श्रिमति कान्छी तिङ् तामाङले अनुरोध समेत गरेकीछिन।
मृतक तामाङको मृत शरीरको पोस्टमार्टम पनि भैइसकेको कम्पनी स्रोतले जानकारी गराउनुभयो। पोस्टमार्टम रिपोर्ट अनुसार तामाङ आफैंले पासो लगाएर आत्महत्या गरेको खुल्नमा आएकोछ। हाल उनको शवलाई अस्पतालमै राखिएको भएपनि केहि दिनभित्रमै अन्तिम दाह संस्कारको लागि नेपाल पठाइ परिवारको जिम्मा लगाइने कम्पनी स्रोतले बताए। अहिलेसम्म अस्पतालमा भएको सम्पुर्ण खर्च र शवलाई नेपाल पठाउन लाग्ने खर्चपनि रोजगारदाता कम्पनी आफैंले ब्यहोर्ने जनाएको छ।

























