युएईबाट १६,१८ तारिख हुने भनिएको चार्टर्ड उडान रद्द/दूतावास भन्छ,उद्धार गर्ने काम हाम्रो होइन।

युएई:= युएई ( दुबई ) मा समस्यामा परेका नेपालीको उद्धारका लागि मंगलबार र बिहीबार हुने भनिएको चार्टर्ड उडान रद्ध भएको छ।

युएई आबुधाबीमा अवस्थित नेपाली दूतावासले सोमबार जारी गरेको सुचना अनुसार , यहि जुन १६ तारिख , असार २ गते र जुन १८ तारिख , ४ गतेको दिन हुने भनिएको चार्टर्ड उडान स्थगित भएको जनाइएको छ।

असार २ र ४ गते नेपाल एयरलाइन्स मार्फत युएईमा समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी भएको थियो । दूतावासले जारी गरेको सूचनामा प्राविधिक कारणले उडान स्थगन भएको उल्लेख गरिएता,पनि स्वदेश फर्किने टिकटको मुल्य अत्याधिक महँगो भएको कारण फर्कनेहरुले टिकट नकिनेकोले स्थगित भएको हुनसक्ने अनुमान गरिएको छ।

युएईबाट नेपाल फर्कनको लागि चार्टर्ड विमानको टिकटको मुल्य नेपाली रुपैयाँ करिब ४४ हजार तोकिएको छ।
अर्को उडान कहिले हुन्छ भन्नेबारेमा केही खुलाइएको छैन । नयाँ उडान तालिका प्राप्त भएपछि जानकारी गराउने दूतावासले जनाएको छ ।

स्वदेश फर्काइदिन माग गर्दै दूतावास पुगे नेपालीहरु :

[ युएईको नेपाली दूतावासको मुलगेटमा पुगेर सहयोग माग्दै एक नेपाली युवा : दूतावास भन्छ्न , उद्घार गर्ने काम हाम्रो हैन ] ]

तोकिएको मितिमा उडान नहुने भएपछि घर फर्कने आशमा बसेका नेपालीहरु थप अन्यौलमा परेका छन् । उनीहरु स्वदेश फर्काइदिन माग गर्दै दूतावासको ढोकामा गुहार माग्न थालेका छन् ।
सोमबार दूतावासमा आफ्ना समस्या राख्न पुगेका केही नेपालीले आफूहरुलाई खान–बस्न समस्या हुन थालेकाले छिटो स्वदेश फर्काइदिन आग्रह गरेका छन् । आफूहरु श्रम गरेर आएकाले उद्धारका लागि सरकारले जिम्मेवारी लिनुपर्ने उनीहरुको भनाइ थियो ।

दूतावासको कोठाभित्रैबाट दूतावासका कर्मचारीले घर फर्कने पालो आएपछि फोन गर्ने भन्दै उनीहरुलाई सम्झाउँदै थिए । आफूहरु पालो कुर्न तयार रहेको तर खान–बस्न नै समस्या रहेकाले त्यसको व्यवस्था गरिदिन आग्रह गरे ।
तर कर्मचारीहरुले उद्धार गर्ने काम आफूहरुको नरहेको भन्दै रुखो जवाफ फर्काएका थिए । दूतावासका कर्मचारीहरुको व्यवहारले पीडित झनै आक्रोशित बनेका छन् ।