कतारबाट हुने भनिएको १६,१७ तारिखको चार्टर्ड उडान रद्द/हवाईभाडा रु.५९,३७३

आरएन चौधरी थारु ,,


क्वालालम्पुर ( मलेसिया ):= कतारको दोहाबाट नेपालको काठमाडौंसम्मको उडान भर्ने भनिएको चार्टर्ड हवाईउडान रद्द भएको छ।

यहि जुन १६ तारिख मंगलबार हुने भनिएको नेपाल एयरलाइन्स र १७ तारिख बुधबारको दिन हुने भनिएको हिमालयन एयरलाइन्सको चार्टर्ड उडान नहुने कतारस्थित नेपाली दूतावासले सामाजिक संजाल मार्फत एक सुचना सार्वजनिक गर्दै जनाइएको छ।

कोरोना भाइरस ( कोभिड -19 ) को संक्रमणको कारण श्रम,करार अवधी सकिएर , भिसा सकिएर पनि स्वदेश फर्किन नपाएका विभिन्न मुलुकसंगै कतारमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन नेपाल सरकारले महँगो चार्टर्ड उडानको ब्यवस्था गरेको हो।

[ कतार स्थित नेपाली दूतावासले जारी गरेको सुचना ]

कतारबाट नेपाल फर्किनेहरुले ४ सय ९० अमेरिकी डलर , कतारी रियाल लगभग १ हजार ७ सय ८४ , नेपाली रु.५९ हजार ३ सय ७३ रुपैयाँ बराबरको हवाई टिकट किन्नुपर्ने छ्न।
साथै फर्कनेको साथमा अनिवार्य कोरोनाको पिसिआर टेस्ट गरेको नेगेटिभ रिपोर्ट संगै हुनुपर्ने प्रावधान बनाइएको छ।