दिनेश खड्का खप्तडी,,
अछाम:= परोपकारी संस्था हेल्प अछामले साँफेबगरमा बाहिर जिल्लाबाट भित्रिने यात्रु र सुरक्षाकर्मीलाई खानको लागि खाजा वितरण गरेको छ ।
कोरोना भाईरस अर्थात कोभिड १९ को लकडाउनको कारण यात्रा गर्ने र सुरक्षार्थ खटिएका सुरक्षाकर्मी सहित २१३ जनालाई हेल्प अछामले मास्क, फलफूल (प्याकिङ) र पानी सहयोग गरेको हो । परोपकारी काम गर्ने उद्देश्यले स्थापित हेल्प अछामले विभिन्न समयमा परोपकारी तथा सामाजिक कार्य गर्दै आईरहेको छ । बिशुद्ध समाज सेवा गर्ने भावनाले स्थापित संसथाले आगामी दिनमा पनि यस्तै रचनात्मक सहयोग गर्दै जाने हेल्प अछामका अध्यक्ष हिमाल कुवँर “उदासी” ले बताए ।
खाजा बितरण कार्यक्रममा साफेबगर नगरका उप-प्रमुख तथा सस्थाका सस्थापक सदस्य बिर्मला बुदथापा, वडा नं.३ का वडाध्यक्ष कृष्ण बहादुर बुढा, प्रहरी चौकी साफेबगरका प्रहरी सहायक निरीक्षक खडक बहदुर भण्डारी, रेडियो जनप्रियका स्टेशन म्यानेजर तपेद्र कुवँर लगायत सस्थाका सदस्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।






















