नेपालीसंगै थारु भाषाको पत्रकारितालाई अगाडि बढाऔं र जोगाऔं : कृष्णराज सर्वहारी।

क्वालालम्पुर ( मलेसिया ):= थारु पत्रकार संघ नेपालले जेष्ठ २५ गते आईतवारदेखि आयोजना गरेको तीनदिने आधारभूत अनलाईन पत्रकारिता तालिमको आज दोस्रो दिनको तालिम पनि भब्य सम्पन्न भएको छ।

लकडाउनको समयलाई सदुपयोग गर्दै अनलाईन प्रबिधिको माध्यमबाट भर्चुअल मार्फत आयोजना गरिएको तालिमको दोस्रो दिन ” नेपाली पत्रकारिताको शैली र न्यू मिडिया के हो ? पत्रपत्रीका र यसको सुरुवात कहिले देखि भएको हो? पत्रकारिताको बदलिँदो स्वरुप ? पत्रकारिताको काम ? भन्ने बिषयहरु बारे तालिमको प्रशिक्षक लक्की चौधरीले सहजीकरण गर्नुको साथै प्रशिक्षण दिनुभयो।
साथै समाचार के हो ? श्रोत कसरी खोज्ने ? भन्ने बारे प्रशिक्षक पार्वाता चौधरीले सहजीकरण गर्नुको साथै प्रशिक्षण दिइन्।

[ तालिममा प्रशिक्षण दिईदै , प्रशिक्षक : लक्की चौधरी ]
[ तालिममा प्रशिक्षण दिईदै , प्रशिक्षक : कृष्णराज सर्वहारी ]

त्यसैगरी ” नेपालमा थारु सञ्चार , थारु पत्रकारिताको अवस्था , इतिहास र सम्भावना ” को बिषयबारे प्रशिक्षक कृष्णराज सर्वहारीले प्रशिक्षण दिनुको साथै सहजीकरण गर्नुभयो।
प्रशिक्षक सर्वहारीले ” आगामी दिनमा नेपालीसंगै थारु भाषाको पत्रकारितालाई पनि सम्पुर्ण थारु पत्रकारहरु मिलेर अगाडि बढाउनुपर्ने र नेपालमा अहिलेसम्म पनि प्रकाशन भैइरहेको थारु भाषाको पत्रपत्रीका,अनलाईनलाई जोगाउनु पर्छ भन्ने कुरामा जोड्दिनुभयो।”

लकडाउनले गर्दा मानिसहरु अतिआवश्यक काम बाहेक घर बाहिर निस्किन पाईरहेका छैनन् , र कोरोनाको डरले मानिसहरु घरभित्रै बस्न बाध्य छ्न।
जारी लकडाउनको समयलाई सदुपयोग गर्दै अनलाईन प्रबिधिको माध्यमबाट भर्चुअल मार्फत थारु पत्रकार संघ नेपालले आयोजना गरेको तिनदिने निशुल्क आधारभूत पत्रकारिता तालिममा देश देखि विदेशबाट ७० जना थारु पत्रकारहरु सहभागि भएर तालिम,प्रशिक्षण लिइरहेका छ्न।