कोरोना भाइरसको संक्रमणबाट कतारमा अहिलेसम्म ४ जना नेपालीको मृत्यु।

दोहा ( कतार ):= कतारस्थित नेपाली दूताबासका अनुसार
कतारमा कोरोना भाइरस ( कोभिड -19 ) को संक्रमणबाट अहिलेसम्म ४ जना नेपालीको मृत्यु भएको छ ।

कोरोनालाई नियन्त्रण गर्न जारी लकडाउन अवधी भित्रमा कतारमा ४ जनाको कोरोनाको कारण मृत्यु भएको र अन्य ३६ जनाको विभिन्न कारणले मृत्यु भएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिब प्रबीण भट्टराईले जानकारी बताएका छ्न। उनका अनुसार हालसम्म ९ वटा शव कतारमै दाहसंस्कार गर्न परिवारबाट सहमति प्राप्त भएको र ३ जनाको दाहसंस्कार सम्पन्न पनि भईसकेको छ ।

कतारमा कोरानाबाट सङ्क्रमण हुनेको सङ्ख्या ७० हजार १ सय ५८ पुगेको छ । अहिलेसम्म ४५ हजार ९ सय ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने कोरोनाको कारण अहिलेसम्म ५७ जनाले ज्यानको मृत्यु भैइसकेको छ।