थारु पत्रकारको तालिम आजदेखि सुरु/देशदेखि विदेशसम्मका ७० जना सहभागि।

क्वालालम्पुर (मलेसिया:= अहिले विश्वभरि फैलिरहेको कोरोना भाइरस ( कोभिड -19 )को संक्रमणलाई,माहामारीलाई नियन्त्रण गर्न नेपाल लगायत प्राय सबै अन्तर्राष्ट्रिय देशहरुमा लकडाउन जारी गरिएको छ।

लकडाउनले गर्दा मानिसहरु अतिआवश्यक काम बाहेक घर बाहिर निस्किन पाईरहेका छैनन् , र कोरोनाको डरले मानिसहरु घरभित्रै बस्न बाध्य छ्न।
जारी लकडाउनको समयलाई सदुपयोग गर्दै अनलाईन प्रबिधिको माध्यमबाट भर्चुअल मार्फत थारु पत्रकार संघ नेपालले तिनदिने निशुल्क आधारभूत पत्रकारिता तालिम आयोजना गरेका छ्न।

आज मिति २०७७ साल जेष्ठ २५ गते , आईतवारदेखी सुरु भएको अनलाईन पत्रकारिता तालिम जेष्ठ २७ गते मंगलबारसम्म चल्नेछ्न।
थारु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा तथा संघका महासचिव सन्त कुमार चौधरी, सल्लाहकारद्धय डा. कृष्णराज सर्वहारी, लक्की चौधरी, कारी महतो लगायतको अग्रज पत्रकारहरुको विशेष उपस्थितिमा तालिमको उद्घाटन गरिएको हो ।

नेपालमा सञ्चारममा थारुहरुको अवस्था, इतिहास र सम्भावनाको विषयमा अन्नपूर्ण पोस्ट दैनिकका डा. कृष्णराज सर्वहारी, नेपाली पत्रकारिताको शैली र न्यूज मिडियाको विषयमा गोरखापत्र दैनिकका लक्की चौधरी, स्थलगत (फिल्ड) रिपोर्टिङ र संकटको वेलामा पूर्व तयारी कसरी गर्ने विषयमा कान्तिपुर दैनिकका ठाकुरसिंह थारु, समाचार, समाचार स्रोतबारे रेडियो कान्तिपुरकर्मी पार्वता चौधरी, अनलाईन पत्रकारिताको विषयमा अनलाईन (digital) मिडियाकर्मी उन्नति चौधरी र पत्रकार आचासंहिताको विषयमा नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डण्ड गुरुङले सहजीकरण गर्ने संघका महासचिव सन्त कुमार चौधरीले बताउनुभयो।

आज उद्घाटनको दिन समाचार लेख्नलाई गुगल टूलको आवश्यकता,उपयोगिता र महत्वबारे बिषयमा दुर्गा चौधरीले र आम संचार बारे सन्तकुमार चौधरीले प्रशिक्षण दिनुभयो।
अनलाइन पत्रकारिता तालिममा नेपालको तराईका २४ जिल्ला तथा युएई , मलेसिया , साईप्रस लगायतको अन्तर्राष्ट्रिय मुलुकमा कार्यरत रहेका थारु पत्रकारहरु समेतगरि जम्मा ७० जनाको सहभागिता रहेको छ ।