मलेसियामा आरएमसिओ आउदो अगस्ट महिनाको ३१ तारिखसम्म जारी।

क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा यहीँ महिना जुन १० तारिख बुधबारदेखि लागु हुनेगरी अगस्ट महिनाको ३१ तारिख सम्म रिकभरी आवागमन नियन्त्रण आदेश (recovery movement control order / RMCO) जारी गरेको छ।

मलेसियाको प्रधानमन्त्री तानश्री मुहमदिन यासिनले आज मलेसियाबासीको नाममा टेलिभिजन मार्फत सम्बोधन गर्दै बोले , मलेसियामा कोरोना भाइरस लगभग नियन्त्रण गर्न सफल भएका छौँ,पछिल्लो समय संक्रमित पनि निकै कम भएका छ्न , त्यसैले पहिलादेखि जारी गरिएको सिएमसिओ हटाएर अब आरएमसिओ अगस्ट ३१ तारिख सम्म जारी गरिएको बताएकाछ्न। आरएमसिओ भित्र मलेसियामा रहेका मानिसहरु सरकारले तोकेको एसओपीको पालना गरेर दैनिकजसो आवश्यक पर्नेर पहिलादेखिनै गर्दै आईरहेका ब्यापार,ब्यवसाय लगायत सम्पुर्ण कामकाजहरु गर्न पाउनेछ्न प्रधानमन्त्री यासिनले भने।

साथै अब जुन , १० तारिखदेखि विदेशमा रहेका मलेसियन नागरिक स्वदेश फर्किए पहिलाजस्तो कोरोना भाइरस चेकजाँच गर्न २ हप्ता क्वारेन्टाइनमा बस्न नपर्ने प्रधानमन्त्री यासिनले बताए। ” जुन १० देखि, विदेशबाट फर्केका मलेसियनहरूलाई अब क्वारेन्टाइन केन्द्रमा राखिनेछैन। एयरपोर्टमा पुग्ने बित्तिकै उनीहरूको स्वाब परिक्षण गरिनेछन्। “ रिपोर्टमा कोरोना पोजेटिभ सकारात्मक देखिएकोहरूलाई थप उपचारका लागि अस्पताल पठाइनेछ। जसको रिपोर्ट नकारात्मक छन् उनीहरूले आफ्नै घरमा १-दिनको क्वारेन्टाइनमा बस्नुपर्छ उनले भने।”

[ photo source : malaysiamail ]

मलेसियामा अहिलेसम्म कोरोना भाइरसले जम्मा ११७ जना मानिसको मृत्यु भएको छ । कोरोना संक्रमितको संख्या ८ हजार ३ सय २२ जना रहेको छ , जसमध्ये ६ हजार ६ सय ७४ जनाले उपचार सकिएर निको भैईसकेको र बाकी १ हजार ५ सय ३१ जना उपचाररत रहेको मलेसिया स्थित स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेका सुचना मार्फत जनाएका छ्न।
मलेसियामा कार्यरत ८१ जना नेपालीमा पनि कोरोना संक्रमण भेटिएका छ्न , जसमध्ये २२ जना निको भैईसकेको र बाकी उपचाररत रहेको सम्बन्धित निकायले जनाएका छन।