काठमाडौं:= जिल्ला प्रशासन कार्यालय काठमाडौंले विदेशबाट स्वदेश फर्किने नेपालीहरूलाई क्वारेन्टिनमा राख्ने ४७ वटा चारतारे होटलदेखि एकतारे होटेलहरुको सूची सार्वजनिक गरेको छ ।
नेपाल सरकारलेनै तयार पारेको ति होटलहरुको सूचीमा चारतारे होटलको संख्या ३ वटा, तीनतारे होटलको संख्या ९ वटा , दुईतारे होटलको संख्या २ वटा एकतारे होटल ५ वटा र पर्यटक स्तरका, तर चारतारे होटल सरहको मूल्य तिर्नुपर्ने २७ होटलहरु रहेका छन् ।
सरकारले विदेशबाट नेपालीहरुलाई उद्धार गर्ने र होटल क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । होटल बसाइको खर्च स्वयं व्यक्तिहरुले नै तिर्नुपर्ने छ ।

गएको शुक्रबार म्यानमार र युएईबाट नेपालीहरु सम्बन्धित देशमा रहेको रोजगारदाता कम्पनीकै सहयोगमा स्वदेश फर्केका छ्न। तर अहिलेसम्म नेपाल सरकारले विदेशमा रहेको कुनैपनि देशबाट नेपालीहरुलाई उद्धार गरि स्वदेश फर्काउन सकेको छैन र कहिले फर्काउने बारे निर्णय गर्न पनि अन्यौलतानै रहेको देखिन्छ।
खाडीका देशहरु साउदी , युएई , कुवेत , कतार , ओमान , बहराइन लगायत मलेसियाबाट पनि तत्काल स्वदेश फर्किने तयारीमा रहेको नेपालीहरु सरकारले गर्ने उद्धार , हवाइयात्राको पर्खाइमा बसिरहेका छन् ।

























