कुवेतमा एकहप्ता भित्र ३ नेपालीको मृत्यु/कोहि अत्याधिक मदिरा सेवनले मरे त,कोहि आत्महत्या गरे।

कुवेत := नेपालीको लागि वैदेशिक रोजगारीको निम्ति प्रमुख गन्तव्य मध्यको एक अन्तर्राष्ट्रिय मुलुक मानिन्छन् कुवेत ।
कुवेतमा पुरुष संगै घरेलु नेपाली महिला कामदारको संख्या पनि उच्च रहेको छ।

हजारौंहजार नेपाली कार्यरत कुवेतमा एक हप्ता भित्र ३ जना नेपाली श्रमिकको विभिन्न कारणले मृत्यु भएको छ।
दैलेख जिल्ला निवासी ३९ बर्षिय प्रेम बहादुर चन्दको मृत्यु भएको छ । उनको मृत्यु के कारणले भएको हो ? भन्ने बारे विस्तृत विवरण आउँन बाँकी रहेको कुवेतस्थित नेपाली दूताबासले जनाएका छ्न। मृतक चन्द लामो समय देखि कुवेतमा काम गर्दै आएका थिए ।

यता लम्जुङ जिल्ला निवासी तेज गुरुङले पनि आत्माहत्या गरेका छन् । उनलाई कोरोना भाइरस चेकजाँचको क्रममा कोरोना पोजेटिभ देखिएर थप उपचारको लागी क्वारेन्टाइनमा राखिएको र क्वारेन्टाइनमा रहेकै बेला आत्महत्या गरेको जनाइएको छ ।

बाग्लुङ घर भएकी निर्मला पुन मगरको पनि मृत्यु भएको जानकारी प्राप्त भएको छ । उनले अत्यधिक मदिरा सेवन गरेको कारण मृत्यु भएको भनिए पनि आधिकारिक रुपमा पोष्टमाटमको रिपोर्ट आउन बाँकी रहेको दूताबासले जनाएको छ ।

कोरोनाको कारण विश्वभरी जस्तै नेपालमा पनि जारी लकडाउनले गर्दा अन्तर्राष्ट्रिय हवाई उडान पुर्ण रुपमा बन्देज लगाइएको कारण वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका नेपालीको म्रुत शव सम्बन्धित मुलुकमै अलपत्र परेको छ। कोरोनाको नियन्त्रण तथा रोकथामका लागि लागू गरिएको लकडाउनका कारण शव पठाउन समस्या भएको खाडी मुलुकमा अवस्थित नेपाली दूताबासहरुले जनाएका छन् ।