मलेसियामा कोरोना भाइरसले ११७ जनाको मृत्यु/८१ नेपाली श्रमिक संक्रमित।

आरएन चौधरी थारु ,,

क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कोरोना भाइरस ( कोभिड -19 ) को संक्रमणले १ सय १७ जना मानिसको मृत्यु भएको छ ।

मलेसियाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आज जुन , ६ तारिख , शनिबार मात्रै संक्रमित हुने मानिसको संख्या ३७ जना रहेको मलेसिया स्थित स्वास्थ्य मन्त्रालयले फेसबुक मार्फत सार्वजनिक गरेको सुचनामा जनाएका छ्न।।अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या जम्मा ८ हजार ३ सय ३ जना रहेको छ्न , जसमध्ये ६ हजार ६ सय ३५ जना उपचार सकिएर स्वास्थ्य लाभ लिइसकेको जनाइएको छ।

उपचाररत रहेका संक्रमितको संख्या अझैपनी १ हजार ५ सय ५१ जना रहेको छ। पछिल्लो केहिदिन अगाडि संक्रमितको संख्या ह्वात्तै घट्दै गैइरहेको थियो र मृत्यु हुने पनि रोकिएको थियो तर केहिदिनयता पुनः अच्चानक कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदैगैरहेको देखिन्छ र मृतकहरुको संख्या पनि थपिदै गैरहेको छ।

कोरोनाबाट सङ्क्रमित हुने नेपाली श्रमिकको संख्या ८१ जना रहेको सम्बन्धित निकायले बताएकाछ्न। जसमध्ये अहिलेसम्म २२ जनाले स्वास्थ्य लाभ लिइसकेको जनाएका छ्न भने अहिलेसम्म कोरोनाले कुनै नेपालीको मृत्यु भने भएको छैन।