बुवाआमाको मृत्युहुँदा छोराले मात्रै दाहसंस्कार गर्ने परम्परालाई तोडिन थारु गायिकाले।

विराटनगर:= छोराले मात्र बुबा आमालाई दागबत्ती दिने र किरिया बस्नु पर्छ भन्ने परम्पराको अन्त्य गर्दै थारु गायिका सुनिरा चौधरी बुवाको निधनमा किरिया बसेकी छन् । 

धर्मकर्म अनुसार परिवारमा कसैको निधन भए अन्तिम दाहसंस्कार गर्न छोरा नै चाहिन्छ भन्ने मान्यतालाई तोड्दै उनले बुवाको अन्त्यष्टि आफ्नै हातले गरेकी हुन ।
६५ वर्षको उमेरमा बुवा केशरलाल चौधरीको मृत्यु भएपछि मोरङ स्थित बुढिगंगा गाउँपालिका–५ पोठियाकि थारु गायिका समेत रहेकी सुनिरा चौधरी किरियामा बसेकी हुन्।

[ मृतक केशरलाल चौधरी ]

सुनिराको एकजना दाजु पनि छन तर दाजुले अंशबन्डा लिएर छुट्टिएपछि परिवारलाई वास्ता गर्दैनन् । उनका दाजु बुवाका काजकिरियामा नबसेपछि सुनिराले अन्तिम संस्कार आफैले गरेकी हुन्न। पैत्रिक सम्पत्ति अँँशबण्डा लिएर छुट्टिसकेका दाजुले ४ वर्ष अगाडि आमाको मृत्यु हुँदा पनि दुई दिनमात्र किरियामा बसेर निस्किएको सुनिराले बताईन्। आमाको मृत्यु हुँदा सुनिरा र दाजु दुबैजना किरियामा बसेका थिए । तर दुईदिनपछी दाजुले किरिया छाडेपछि आफू एक्लैले सबै काजकिरिया गरेको उनले बताईन् ।

बुवालाई दागबत्ती दिनाका साथै किरिया बस्न पाउँदा छोरीको भूमिका निर्वाह गरे जस्तो लागेको बताउँदै सुनिराले भनिन्, ” नेपाली समाज र यसले अङ्गीकार गरेको सनातन वैदिक संस्कारसमेत विभेदकारी छन् । जन्मदेखि मृत्युपर्यन्तका थुप्रै कार्यमा पुरुषलाई नै केन्द्रमा राखिएको छ र महिलाको भूमिकालाई गौण बनाइएको छ । मृत्युपछिको क्रियाकर्म संस्कारमा समेत महिला विभेदको शिकार हुने गरेका छन् । सुनिराले महिला र पुरुषबीचको भेदभाव हटाउन राज्यतहबाटै यस्ता सस्कारलाई फेर्न अभियान चलाउनुपर्ने बताइन् ।

“समय परिस्थिति बदलिँदै जाँदा छोरीले पनि छोरासरह बुबाआमाको काजक्रिया गर्नु सकारात्मक पक्ष हो,” युवानेता ओसिम आलमले भने, “बुबाआमाको पालनपोषण र अन्तिम संस्कारमा छोरीको सहभागिताले सांस्कृतिक परिवर्तन गरेको छ ।”

सुनिराका बुवा १० वर्षदेखि प्यारालाईसिसको बिरामी थिए। आमाको पनि ४ वर्षअघि निधन भएको थियो। सुनिराका एकजना दाजु र एकजना दिदि छन्। अंशबन्डा लिएर दाजु छुट्टिएपछि बुवाको सबै उपचार र पालपोषण सुनिरा र उनकी दिदिले गर्दै आइरहेका थिए । थारु भाषाका थुप्रै गित समेत गाएकी सुनिरा चौधरी सामाजिक कार्यमा पनि सक्रिय छिन् ।source:pahilo nepal

[ तस्बिरमा बुवाको काजकिरियामा बसेकी थारु गायिका सुनिरा चौधरी ]