क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कोरोना भाइरस ( कोभिड -19 ) को संक्रमणले १ सय १५ जना मानिसको मृत्यु भएको छ ।
मलेसियाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आज जुन , ४ तारिख , बिहीवार मात्रै संक्रमित हुने मानिसको संख्या २ सय ७७ जना रहेको जनाएका छ्न। अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या जम्मा ८ हजार २ सय ४७ जना रहेको छ्न , जसमध्ये ६ हजार ५ सय ५९ जना उपचार सकिएर स्वास्थ्य लाभ लिइसकेको जनाइएको छ।
उपचाररत रहेका संक्रमितको संख्या अझैपनी १ हजार ५ सय ७३ जना रहेको छ। पछिल्लो केहिदिन देखि संक्रमितको संख्या ह्वात्तै घट्दै गैइरहेको थियो तर आज पुनः अच्चानक संक्रमितको संख्यामा वृद्धि भएको छ ।
कोरोनाबाट सङ्क्रमित हुने नेपाली श्रमिकको संख्या ८१ जना रहेको सम्बन्धित निकायले बताएकाछ्न। जसमध्ये अहिलेसम्म २२ जनाले स्वास्थ्य लाभ लिइसकेको बताएका छ्न।





















