लकडाउनको मोडालिटीमा पुनर्विचार गर्न आग्रह

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रण तथा रोकथामका लागि गत चैत ११ गतेदेखि जारी लकडाउनबारे पुनर्विचार गर्न विद्युतीय व्यवसायी महासंघले सरकारलाई आग्रह गरेको छ ।

कोरोना संक्रमण नियन्त्रणको कुनै निश्चत समय किटान गर्न गाह्रो भएको र यसको रोकथामका लागि विश्वनै लागिरहेको सन्दर्भमा लकडाउनको मोडालिटी परिर्वत गर्दै अत्यन्त सम्वेदनशील क्षेत्रबाहेक अन्य क्षेत्रमा खुकुलो पार्दै आमजन जीवन र आर्थिक गतिविधि चलायनमान बनाउन महासंघले सरकारलाई आग्रह गरेको हो ।

लकडाउनका कारण रोगले भन्दा भोकले मर्ने अवस्था सिर्जना हुँदै गएको र स्वास्थ्य सुरक्षालाई मजबूत बनाउँदै, परीक्षणको दायरालाई फराकिलो बनाउँदै, आर्थिक जनजीवन सामान्य बनाउनेतर्फ नलागेर सरकारले लकडाउनमात्र थपेर समय खेर फालिरहेको महासंघको ठहर छ । निर्माण सामाग्रीअन्र्तगत पर्ने विद्युतीय सामाग्री प्रयोग मानव जीवनको दैनिकीका लागि अति आवश्यक बस्तु भएकोले यसको नियमितरुपमा मर्मत संभार गर्नुपर्ने, नयाँ जडान गर्नुपर्ने अथवा बदल्नुपर्ने भन्दै उपभोक्ता मर्कामा  परेको जनाएको छ ।

सरकारकोे निर्णयअनुसार विद्युतीय सामाग्री उत्पादन गर्ने उद्योगबाट न्यून क्षमतामा उत्पादन गरिएता पनि बजार नखुलेकाले उत्पादित सामाग्री उपभोक्तासम्म पु¥याउन नसकिएकोले उद्योग पूँजी परिचालनको अभावमा कच्चापदार्थ खरिद गर्न नसक्ने अवस्था पुग्ने अवस्था सिर्जना भएको पनि महासंघका महासचिव कोमल पोरखेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।  त्यस्तै नेपाल समुन्द्रपार निकासी पैठारी संघले पनि लकडाउन खुकुलो पार्न माग गरेको छ ।