मलेसियामा खाद्यान्न अभावमा रहेका दर्जनौं श्रमिकलाई NRNA द्वारा खाद्यान्न सहयोग ।

तिलोचन गौतम ,,

क्वालालम्पुर ( मलेसिया ):= मलेसिया सरकारले COVID-19 (कोरोना भाइरस) संक्रमणको सम्भावित जोखिमबाट बच्न र त्यसलाइ नियन्त्रण गर्नकालागि गत मार्च १८ देखि साधारण आवागमन नियन्त्रण आदेश ( Movement Control Order / सिएमसिओ ) जारी गरिएको छ।

मलेसियामा जारी सिएमसिओ र नेपालमा जारी लकडाउनको कारण मलेसियामा ठुलो सङ्ख्यामा स्वदेश फर्कने तयारीमा रहेका , मलेसियामा अबैधानिक रुपमा काम गर्दै आएका ,रोजगारदाता कम्पनीले बेवास्ता गरेका , रोजगारी कटौती भएका श्रमिकहरु अत्याधिक मारमा परेका छन।मलेसियामा बन्द्को कारण खाद्यान्न समस्या झेल्नुपरेका कामदार हरुलाइ गैरआवासीय नेपाली संघ मलेसियाले सहयोग गर्दै आइरहेको छ। ३१/५/२०२० का दिन गैरआवासीय नेपाली संघ (NRNA) मलेसियाले क्षेत्रीय साखा जोहोरबारुको सहयोगमा दिनभर राहत बितरण गरेको छ ।

समस्या दर्साएका श्रमिक हरु बस्ने होस्टल होस्टल पुगेर ११ वटा होस्टलमा पुगेर ३० जना लाई खाद्यान्न सामाग्री सहयोग गरेको छ। NRNA मलेसिया क्षेत्रीय साखा जोहोर का अध्यक्ष मिम गुरुङ केन्द्रिय उपाध्यक्ष ज्ञानेन्द्र सिह केन्द्रीय सदस्य सितारम बस्नेत अनिल चौधरी र सचीव अर्जुन सिह अनुरगी को प्रत्यक्ष उपस्थितिमा राहत बितरण गरेको हो।