लकडाउन अवधीमा बिदेशमा रहेका २२७ नेपालीको मृत्यु/मलेसियामा ५२ जनाको।

आरएन चौधरी थारु ,,


क्वालालम्पुर ( मलेसिया ):= विश्वभरी कोरोना भाइरस ( कोभिड -19 ) को माहामारी,संक्रमणले लाखौं मानिसको मृत्यु भैइसकेको छ्न। वैदेशिक रोजगारीमा रहेका सयौं नेपाली कामदार कोरोनाबाट प्रभावित भएको छ्न।

कोरोनालाई नियन्त्रण गर्न विश्वभरी लकडाउन जारी गरिएको छ। लकडाउन अवधी सम्ममा वैदेशिक रोजगारीमा रहेको अन्तर्राष्ट्रिय मुलुकहरु युएईमा ४८ जना , साउदीमा ५८ जना , मलेसियामा ५२ जना , कतारमा ३७ जना , कुवेतमा ११ जना , बहराइन ५ जना , दक्षिण कोरिया ४ जना , सेसेल्समा १ जना , टर्कीमा १ जना , ओमानमा १ जना , जोर्डनमा १ जना , अमेरिकामा २ जना , बङलादेशमा १ जना , थाईल्यान्डमा १ जना , कम्बोडियामा १ जना , साइप्रसमा १ जना , इराकमा १ जना र मङ्गोलियामा १ जना गरेर जम्मा २ सय २७ जना नेपालीको मृत्यु भएको छ।

२ सय २७ जनामध्ये कोरोना भाइरसको कारणले मृत्यु हुनेको संख्या युएईमा ९ जना , साउदीमा ९ जना , कतारमा ४ जना र अन्य कुनै देशमा मृत्यु भएको १ जना गरेर जम्मा २३ जना नेपालीको कोरोनाबाट मृत्यु भएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जारी गरेको तथ्यांकमा उल्लेख गरिएको छ।
बाकी २ सय ४ जना नेपालीको अन्य विभिन्न कारणले जस्तैः सुतेको सुत्यै भएर , ह्र्दयघात , सवारी दुर्घटना , आत्महत्या , रक्सी सेवन गरेर लडाइँ झै-झगडा लगायतको कारणले मृत्यु भएको बोर्डले जनाएका छ्न।

[ वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेका बिदेशमा मृत्यु भएका नेपालीको तथ्यांक ]

मृत्यु हुने नेपालीहरुमध्य १२ जना महिला रहेका छ्न भने २ सय १५ जना पुरुष रहेको छ। लकडाउनले गर्दा अन्तर्राष्ट्रिय उडान पुर्णरुपमा बन्द रहेको कारण मृतक नेपालीहरुको शव नेपाल पठाउन सकिएको छैन।
वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका नेपालीको शव नेपाल ल्याउन नसकिने भएकोले परिवारको सहमतीमा सम्बन्धित देशमा रहेको नेपाली दूतावासको समन्वय,सहयोगमा मृतकहरुको अन्त्यष्टि गर्ने र मृतकको परिवारलाई सान्त्वना स्वरुप नेपाली रु.५० हजार नगद सहयोग गर्ने बोर्डले बताएका छ्न।

तथ्यांकअनुसार अहिलेसम्म मृत्यु हुने देशमै मृतकको अन्त्यष्टि गर्नको लागी ७५ जना मृतकको परिवारले सहमति जनाएको उल्लेख गरेकाछ्न। भने बाकी १ सय ५२ जनाको शव सम्बन्धित देशकै अस्पतालमा राखिएको जनाएकाछ्न।
वैदेशिक रोजगार बोर्डको सचिवालयले सार्वजनिक गरेको तथ्यांक जेठ १६ गते ( May / २९ तारिख ) सम्मको मात्रै हुन। जेठ १६ गतेदेखि यता पनि विभिन्न अन्तर्राष्ट्रिय मुलुकमा कैयौं नेपालीको मृत्यु भएकोले मृतकको संख्या थप भएको अनुमान गरिएको छ।

नेपाल सरकारले तत्कालको लागी वैदेशिक रोजगारीको क्रममा सकुशल रहेका मानिसहरु भिसा सकिएर , कम्पनी संगको श्रम सम्झौता सकिएर , जेल सजाय काटेर आममाफी पाएका , घर फिर्ती केन्द्रमा रहेका,गर्भवती,सुत्केरी र अलपत्र परेका लगायतको गरेर २५ हजार नेपालीलाई स्वदेश फर्काउने तयारी गरिरहेको छ्न। त्यसको लागी आवश्यक तयारी तिब्र रुपमा चलिरहेको जनाइएको छ।