मलाया खवर सहकर्मी ,,
काठमाडौं := कोरोना भाइरसका कारण विश्वभरमा जारी लकडाउनले नेपाल संगै अन्य मुलुकहरुले पनि ठूलो आर्थिक क्षति बेहोर्नु परिरहेको छ्। साढे दुई महिनायता अन्य ब्यापार , ब्यवसायको क्षेत्रसंगै व्यवसायिक हवाई उडान बन्द हुँदा नेपालमा ठूलो आर्थिक क्षति ब्यहोर्नु परेका छ्न।
हवाई कम्पनीहरु लकडाउन खुल्ने र सरकारबाट उडान सञ्चालनको घोषणाको मितिको पखाईमा रहेको पाइएको छ्न। यससँग सम्बन्धित सरोकारवाला निकायले उडान प्रतिवन्ध खुला भएपछि उडान सञ्चालन गर्ने उपायबारे तयारी पनि थालेका छन् ।
सोही क्रममा नेपालको संघीय राजधानी काठमाडौंमा अवस्थित एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल ” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल” मा सामाजिक दूरी कायम गर्नेदेखि उडानका सबै प्रक्रिया व्यवस्थित गराउने गरी भौतिक संरचना निर्माणको तयारी पूरा भएको स्रोतले बताएका छ्न।


अब विमानस्थलमा आवतजावतको लागी पुग्ने एक यात्रु अर्को यात्रु संगको कम्तीमा एक मिटरको दूरीमै उभिनुपर्नेछ । विमानस्थलमा कार्यरत कर्मचारी र यात्रुबीच भौतिक रुपमा पनि उत्तिकै दूरी कायम गरिने बताइएको छ। यसले कोरोनाको त्रास कम नभएसम्म अन्तर्राष्ट्रिय उडानमा अब पहिलाको तुलनामा कम्तीमा एक घण्टा अगाडि नै यात्रुहरु विमानस्थल पुग्नुपर्ने अवस्था आएको छ।
यसबीचमा विमानस्थलमा अत्यावश्यक भौतिक संरचना निर्माणको काम समेत गरिएको छ्न। सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन तीब्र तयारी गरिरहेको छ । यसअवस्थामा विमानस्थल व्यवस्थापन अर्को चूनौतीपूर्ण क्षेत्र भएकोले यात्रुहरु आउनु भन्दा पहिलानै सम्पुर्ण तयारी पूरा गरिरहेको जनाइएको छ।




























