दुर्घटनामा परेर हात गुमाएका श्रमिक अन्तरेको लागी १२ हजार रिंगेट बढी आर्थिक संकलन।

मलाया खबर / आरएन चौधरी थारु,,


क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा बिगत ७ बर्षदेखि कार्यरत नेपाली श्रमिक अन्तरे केसि ( ठूलो कान्छा ) लाई स्वास्थ्य उपचारको लागी आर्थिक सहयोग रकम प्राप्त भएको छ।

मलेसियाको इपो पेराक राज्यमा अवस्थित एमएसबिबि (MSBB) नामक कम्पनीमा काम गर्दै आएका अन्तरे केसि गत साल २०१९ को अक्टोबर महिनाको १८ तारिखको दिन बेलुका नाईट ड्युटी गर्ने क्रममा अच्चानक बिद्युतिय सर्ट भएर नजिकै भएको ग्यास सिलिन्डर र मेसिनमा आगलागी भएर शरीरमाथी खस्दा च्यपिएर बायाँ हात पुर्ण रुपमा काटिन पुगेको थियो । सो मेसिन दुर्घटनामा परेर केसि गम्भीर घाईते भैइ लामो समयदेखि स्थानीय अस्पतालमा उपचाररत रहेको थियो।

आर्थिक अवस्था एकदमै दयनीय रहेका गम्भीर घाइते केसिको उपचार रोजगारदाता कम्पनीलेनै गराएपनि पछिल्लो समय आर्थिक अभाव बढ्दै गएपछि घाइते केसिको थप उपचारको लागी उनका
आफन्त , नातामा आफ्नै भान्जी पर्ने मलेसियामै जोहोरबारुमा कार्यरत श्रमिक सुशीला खड्काले विभिन्न सामाजिक संघसंस्था,समाजसेवी,ब्यापारी,ब्यवसायी,कलाकार लगायत विभिन्न कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुको विशेष आर्थिक सहयोगमा मलेसियन रिंगेट करिब आरएम १२ हजार ७ सय ५० रिंगेट संकलन गरि आज आईतवार केसिको आफ्नै बैंक एकाउन्टमा ट्रान्सफर गरेर हस्तान्तरण गर्न सफल भएका छ्न।

[ संकलित आर्थिक सहयोग रकम घाइते अन्तरे केसिको आफ्नै निजि बैंक खातामा अभियानकर्ताहरुले ट्रान्सफर गरेर हस्तान्तरण गरेको बैंक रिसिभ पेपरको तस्बिर ]

बायाँ हात गुमाएका घाइते अन्तरे केसिको थप उपचार र घरपरिवारलाई सहयोग स्वरुप संकलन गरिएको आर्थिक रकम सहयोग संकलन अभियानको सुरुवात सुशीला खड्का,सबु खनाल,लक्ष्मी क्ष्रेष्ठ,लक्ष्मी तामाङ, ईषा राना मगर लगायतकोले गरेको थियो । यस् आर्थिक संकलन अभियानमा आफू खुसी सहयोग गर्ने केहि सहयोगीदाताको नमावली निम्न प्रकारको रहेको छ।

रिमिक्स धमाका क्वालालम्पुरमा राजेश क्ष्रेष्ठको अगुवाईमा आरएम : २,१४५
रिमिक्स धमाका जोहोरमा सैलेस सौगातको अगुवाईमा आरएम : १,१५६
राकेस महोत आरएम : १०५
एनआरएनए (NRNA) जोहोर क्षेत्रीय समिती आरएम : ९५७
TWP कम्पनीमा कार्यरत कामदारहरुबाट आरएम : १२००
PTB समाज जोहोर समिति आरएम : ९९०
नेपाल मगरसंघ जोहोर समिति आरएम २००
नोभा सोफा पेकेनास आरएम : ४००
लक्ष्मी तामाङ आरएम : २००
PPS कम्पनी आरएम : ७००
द – गोरखाज रेस्टुरेन्ट राजु खत्री : ७००
अर्जुन खड्का आरएम: २००
लिला सुवेदी आरएम : २८०
SWM कम्पनी आरएम : २००
HB सिसा आलमुनियम आरएम : ३९०
गोर्खाली होटेल आरएम : १००
आदिबासी जनजाती महासंघ जोहोर समिति आरएम : १८०
लेसि कम्पनी आरएम : ४००
VWP कम्पनी आरएम : ४००
नेपाली सेक्युरिटी आरएम : १५१
सैलेस सौगात आरएम : १६५
नमस्ते होटेल कुलाइ जोहोर आरएम : १२०
राम बहादुर साह आरएम : ५०
कलाकार तथा गायक प्रमोद खरेल आरएम : १५१
कलाकार तथा गायक राम जि खाँड आरएम : ५०
क्षेत्रलाल बुढा मगर आरएम : १५१
मोहन सिंन्जाली मगर आरएम : ५००
रामचन्द्र खडका आरएम : ४००
काले गुरुङ आरएम : १०९
Rossi design marketing कम्पनी उमेश क्षेत्री आरएम :५०

iffco company जोहोर आरएम :४१४

सन्काउ कम्पनी जोहोर मुहार इन्द्र तामाङ आरएम : ५००

अन्तरे केसिको लागी संकलन गरिएको जम्मा आर्थिक सहयोग रकम := १३ हजार २ सय ५० मलेसियन रिंगेट भन्दा बढी संकलन भएको बताइएको छ।
जसमध्ये संकलित आर्थिक रकमवाट आरएम २ हजार रिंगेट आर्थिक संकलनको लागी यताउता अन्यत्र ठाउँमा आउन जान यातायात खर्च गरिएको र बाकी सुशीला खड्कालेनै आफ्नो ब्यक्तिगत पारीश्रमिकबाट सहयोग स्वरुप आर्थिक संकलनको लागी यातायात र खाना,खाजामा खर्च गरेको जनाएका छ्न।
आर्थिक सहयोग पाएका अन्तरेले सहयोगी दाताहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै खुसी व्यक्त गरेका छन।