काठमाडौं := नेेपाली फिल्मकि नायिका वर्षा राउतले दिईएको अभिव्यक्तिले शनिबारदेखि सामाजिक सञ्जाल पुरै तातिएको छ । अब आफूले भारतीय साथीहरूसँग कसरी कुरा गर्नु भनेर दिएको एक अभिव्यक्ति पछि उनको चर्को आ’लोचना भैइरहेको छ ।
अन्ततः समाजिक सञ्जाल र मिडियामा चर्को आलोचना भएपछि नायिका राउतले सामाजिक सञ्जालको प्रयोग गरेर स्पष्टीकरण दिँदै क्षमा मागेकी छिन्। नायिका वर्षा राउत भन्छिन- सकेसम्म कुनै पनि प्रकारको वि’वादबाट टाढा रहन खोज्छु तर हिजो एउटा अन्तरवार्तालाई लिएर जुन हो-हल्ला गरियो, त्यसले मलाई भावनात्मक ठेस पुगेको छ । उनले प्रत्यक्ष प्रसारण भइ रहेको कार्यक्रममा बोल्दै जाँदा केहि कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियता प्रतिको सम्मानमा म अलिकति पनि नचुकेको वर्षा राउतले बताएकी छिन
वर्षाले संजालमा लेखेको स्टाटस जस्ताको तस्तै :
सम्पूर्ण आदरणीय दर्शक तथा शुभचिन्तक साथीहरूमा नमन। कलाकार हुँ, त्यसमाथि अलि भावुक स्वभावकी छु त्यसैले सकेसम्म कुनै पनि प्रकारको विवादबाट टाढा रहन खोज्छु। तर हिजो एउटा अन्तरवार्ता लाई लिएर जुन हो-हल्ला गरियो, त्यसले मलाई भावनात्मक ठेस पुगेको छ । हो, प्रत्यक्ष प्रसारण भइ रहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलि कति पनि चुकेकी छैन, अलिकति पनि माथि-तल परेकी छैन ।
संसारको कुन नागरिकलाई आफ्नो मातृभूतिप्रति माया हुँदैन होला र? त्यसमाथि “नेपाली कलाकार” भनेर हाम्रो त पहिचान नै देश र राष्ट्रियतासँग जोडिएको हुन्छ । आफ्नो परिचयलाई नै अङ्गिकार गर्न सक्ने यति ठूलो र महान् सम्मानलाई म उच्च ओहोदामा राख्छु ।म नेपाली हुँ, मलाई गर्व छ । हाल लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर जुन नक्सा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्टता देखाएको छ, म त्यसको समर्थनमा अग्रपङ्क्तिमा उभिन तयार छु । तर यो मजस्तो एउटा व्यक्ति, एउटा नागरिकमात्रले समर्थन गरेर हुँदैन ।
हामी सबै नेपाली सँगै उभिएर समर्थन गर्नुपर्छ । समर्थन गर्नुपर्छ वार्ता गर्ने उचित वातावरणको, समर्थन गर्नु पर्छ तथ्य र सत्यको, समर्थन गर्नुपर्छ हामी दुई छिमेकीको प्रगढ स’म्बन्धको, समर्थन गर्नुपर्छ हाम्रो रोटी-बेटी सम्बन्धको, र सबैभन्दा धेरै समर्थन गर्नु पर्छ मानवता र मानवधर्मको । यस्तो संवेदनशील समयमा भड्काउ तत्त्वहरूले आक्रमण गर्न सक्छन्, दुई देशको अन्तरदेशीय सम्बन्ध बिगार्न सक्छन् – जुन कुरा भारतीय मिडियाले उचालेका केही शब्दहरू बाट देखिन थालेको छ । यस्तै असभ्य र असत्य पत्र कारिता हाम्रो मिडियाले पनि नगरोस्, मैले यही भन्न खोजेकी हुँ ।
नेपाल मेरी जननी जन्मभूमि हुन् । नेपाली सबै हामी दाजु-भाइ दिदी-बहिनी हौं । नेपाली चेली मनिषा कोइराला दिदीले भनेका कुरालाई जसरी गर्वका साथ मैले सेयर गरें त्यसरी नै नेपाली भावनलाई म खुसीका साथ प्रस्तुत गर्न सधैँ तयार छु । मैले प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोलेका केही शब्दमा हेक्का नभएकाले केही गल्ती बोलेँ होला जसको सन्दर्भ टेढिएर गलत अर्थ लागे होलान् । यस्तो परि स्थिति खडा भएकामा म क्षमाप्रार्थी छु र अब-आइन्दा यसरी बोल्दा पक्कै हेक्का राख्छु । जय नेपाल, जय नेपाली !जननी जन्मभूमिश्च स्वर्गादपी गरियसि




















