नेपालमा कोरोना संक्रमित ह्वात्तै बढ्यो/२ सय ५० जना संक्रमित।

काठमाडौं := नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ५० जना पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएका संक्रमितको संख्या बिहीबार बिहान ५ जना रहेको जनाएका छन। 

यो संगै संक्रमित २५० पुगेका हुन् । थपिएका पाँच जनामा सर्लाही धान्कौल नगरपालिका निवासी ४५ वर्षीय पुरुष, धनुषा जनकपुर नगरपालिका र मिथिला नगरपालिका निवासी ४० वर्षीय पुरुष र २० वर्षीया महिला, महोत्तरी जलेश्वर नगरपालिका र बलवा नगरपालिका निवासी १६ र ३५ वर्षीय पुरुष रहेका छन् ।