साउदी अरेबियामा कार्यरत ६ सय ७४ नेपालीमा कोरोना भाइरसको संक्रमण/१ जना नेपालीको मृत्यु।

साउदी अरेबिया := रोजगारीको निम्ति साउदी अरेबियामा कार्यरत ६ सय ७४ नेपालीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

साउदीको पूर्वी क्षेत्रमा ३ सय ३६, पश्चिम क्षेत्रमा १ सय ४८, रियादमा क्षेत्रमा १ सय ७५, कसिम र हायल क्षेत्रमा तीन÷तीन तथा अन्य स्थानमा नौ नेपालीमा सङ्क्रमण देखिएको साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले जनाएको छ । 

सङ्क्रमितमध्ये कैयौँ निको भई काममा फर्किसकेको रियादस्थित नेपाली दूतावासले एक सुचना मार्फत जनाएका छ्न । सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको साउदी सरकारले पुष्टि गरिसकेको बताइएको छ ।

साउदीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४४ हजार ८ सय ३०  पुगेको छ । सङ्क्रमितमध्ये हालसम्म १७ हजार ६ सय २२ जना निको भएका छन् । हालसम्म २ सय ७३ जना सङ्क्रमित मानिसको मृत्यु भएको छ ।