मलेसियामा कार्यरत श्रमिक रामसिंह तामाङ रुखमा झुन्डिएको अवस्थामा मृत फ़ेला/हत्याको आशँका।

मलाया खबर / आरएन चौधरी थारु ,,


क्वालालम्पुर ( मलेसिया ):= रोजगारीको निम्ति मलेसियामा कार्यरत एक नेपाली श्रमिक रुखमा पासो लगाएर झुन्डिएको अवस्थामा मृत फ़ेला परेका छ्न ।

बिगत १४ बर्षदेखी मलेसियामा रोजगारीको निम्ति कार्यरत मकवानपुर जिल्ला कैलाश गाँउपालिका वडा नम्बर १० स्थाई घर रहेका हाल बसोबास मनहरी गाँउपालिका सिम्पानी निवासी राम सिंह तामाङ आफु कार्यरत कम्पनी नजिकै सडक किनारको रुखमा झुन्डिएको अवस्थामा बुधबार बिहानको समयमा मृत फ़ेला परेको मलाया खबर सहकर्मी फुर्वा दोर्जे मोक्तान तामाङले जानकारी गराउनुभयो।

[ तस्बिरमा : मृतक राम सिंह तामाङ ]

केहि बर्ष पहिला नेपाल आफ्नो घर फर्केर पुनः मलेसिया काम गर्न आएका राम सिंह तामाङ बिगत ८ बर्षदेखी मलेसियाको नेगेरी सेम्बिलान राज्यमा पर्ने सेरेम्बानमा अवस्थित ओनन कोर्प एम एसडिएन बिएचडी ( Oon Corp Resources (M) Sdn Bhd ) नामक कम्पनीमा कामगर्दै आईरहेका थिए ।
कम्पनीमा संगै काम गर्ने उनका साथीहरुको भनाइ
अनुसार रामले आत्महत्या गरेको नभैई कसैले उनको हत्या गरेर झुन्ड्याइएको हुनसक्ने आशँका गरिएको बताए।

यता मलेसियामै कार्यरत मृतक तामाङको आफन्त भाँन्जा संग यस् घटना बारे टेलीफोन सम्पर्क गरेर बुझ्दा राम सिंह आउदो यहीँ बर्षको दशैँमा घर जाने तरखर गरिरहेको सुनाए । उनले भने कि कसैसंग केही आर्थिक लेनदेनको बिषयमा कुराकानी भएको थियो तर त्यस् बारे मलाई पनि बिस्तृत रुपमा जानकारी नभएकोले प्रष्टै बताउन नसकिने सुनाए।

अहिले मृतकको शव मलेसियन प्रहरीले आफ्नो हिरासतमा लिएर पोस्टमार्टमको लागी ( Tuanku Ja’afar Hospital )
तुवाङ्कु जाफार हस्पिटलमा पठाइएको र घटना बारे आवश्यक छानबिन समेत भैईरहेको जानकारी प्राप्त भएका छ्न।